जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

समाचार सारांश
Auto Generated by AI
  • भूमिहीनलाई जग्गाको निस्सा दिने काम सरकारी तवरबाट पूर्णतः निःशुल्क भइरहेको छ।
  • निस्सा दिलाइदिने भन्दै रकम असुल्ने कार्य गैरकानुनी भएकाले कसैलाई पैसा नदिनुहोस्।
  • रकम असुल्ने त्यस्ता व्यक्तिहरूमाथि समितिले कानुनबमोजिम कडा कारबाही गर्नेछ।

काठमाण्डौ — भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

समितिका अनुसार, देशभरबाट सङ्कलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निःशुल्क रूपमा निस्सा वितरण भइरहेको छ ।

निस्सा प्राप्त गरेका निवेदकको पहिचान, प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको यो समितिका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समितिमार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ ।

स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला समितिका पदाधिकारीसँग छलफल र विभिन्न जिल्लामा स्थलगत अनुगमनसमेत गरिएको जनाएको छ ।

समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने भन्दै केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ । यस्तो कार्य गैरकानुनी रहेकाले कसैलाई पनि रकम नदिन समितिले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img