गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

समाचार सारांश
Auto Generated by AI
  • देशका सबै प्रदेशमा केही समय अझै वर्षा हुने र केही स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
  • विपद् व्यवस्थापन र उद्धार कार्यलाई प्रभावकारी बनाउन गृह मन्त्रालयले १२३४ हटलाइन नम्बरलाई जिल्ला तहसम्म विस्तार गरेको छ।
  • वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले अनुरोध गरेको छ।

काठमाण्डौ – अहिले देशका सबै प्रदेशको केही ठाउँमा पानी परिरहेको छ । ती ठाउँमा अझै केही समय पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भू-भाग नजिक रहेको कारण अझै केही दिन वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कोशीका पहाडी र तराई भागको एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैबीच विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयको विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो ।

नयाँ व्यवस्थाअनुसार काठमाण्डौ उपत्यका भित्रबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ भने अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ ।

अब आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार, समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।  यसैबीच केही ठाउँमा पहिरो र बाढीको जोखिम रहेको भन्दै प्रहरीले यात्रा गर्नुअघि त्यहाँको बाटोको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img