शेफर्ड कलेजलाई ‘एक्सिलेन्स इन मिडिया टेक्नोलोजी कलेज’ अवार्ड

समाचार सारांश
Auto Generated by AI
  • शेफर्ड कलेजले एजुकेशन एक्सिलेन्स अवार्ड–२०२६ अन्तर्गत मिडिया टेक्नोलोजी कलेज सम्मान प्राप्त गरेको छ।
  • वर्षभन्दा लामो समयदेखि कलेजले मिडिया र प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।
  • कलेजले आगामी दिनमा थप गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौं । शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले एजुकेशन एक्सिलेन्स अवार्ड–२०२६ अन्तर्गत प्रतिष्ठित ‘एक्सिलेन्स इन मिडिया टेक्नोलोजी कलेज’ सम्मान प्राप्त गरेको छ । काठमाडौंस्थित बेस्ट वेस्टर्न प्लस होटलमा आइतवार आयोजित विशेष समारोहमा वातावरणविद् तथा पर्यटन व्यवसायी कर्ण शाक्य र नविल बैंकका सीईओ मनोज ज्ञवालीले संयुक्त रुपमा कलेजलाई हस्तान्तरण गरेका हुन् । उक्त सम्मानले नेपालमा मिडिया तथा प्रविधि शिक्षाको क्षेत्रमा शेफर्ड कलेजले पु¥याएको दीर्घकालीन योगदानलाई औपचारिक रूपमा सम्मान गरेको हो ।
२५ वर्षभन्दा लामो शैक्षिक यात्रामा शेफर्ड कलेजले मिडिया तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । नेपालको पहिलो मिडिया टेक्नोलोजी कलेजका रूपमा स्थापित यस संस्थाले सञ्चार तथा प्रविधि शिक्षामा नयाँ आयाम थप्दै आएको कलेजको भनाइ छ । कलेजले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा मास्टर्स इन मिडिया टेक्नोलोजी (एमएमटी), ब्याच्लर्स इन मिडिया टेक्नोलोजी (बीएमटी) र ब्याच्लर्स अफ इन्फरमेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कलेजका अनुसार यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपालका अग्रणी सञ्चारमाध्यम, सूचना प्रविधि कम्पनी तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा नेतृत्वदायी भूमिकामा कार्यरत छन् । मिडिया, सूचना प्रविधि तथा सामाजिक विकासका क्षेत्रमा कलेजका पूर्वविद्यार्थीहरूले उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् । अवार्ड प्राप्तिपछि कलेजले यो सम्मान २५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय मिडिया तथा प्रविधि शिक्षा प्रदान गर्ने आफ्नो निरन्तर प्रयासको कदर भएको क्याम्पस प्रमुख प्रेम पुन्थोकीले बताए । आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, व्यावसायिक दक्षता तथा नवीन प्रविधिमैत्री शिक्षालाई थप सुदृढ बनाउँदै देशका लागि सक्षम जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

गएराति देशका धेरै ठाउँमा वर्षा, आज दिउँसो र राति पनि पानी पर्ने

अनावश्यक स्वास्थ्य परीक्षण नगर्न बीमा बाेर्डकाे आग्रह

कर्णाली नदीमा खसेको गाडी अझै भेटिएन

सामुदायिक वनमा रोपिएका सिन्कौली बिरुवाको सरसफाइ तथा उकेरा सम्पन्न

- Advertisement -spot_img
-Advertisement-spot_img