गएराति देशका धेरै ठाउँमा वर्षा, आज दिउँसो र राति पनि पानी पर्ने

समाचार सारांश
Auto Generated by AI
  • गएराति उपत्यकासहित देशभर हल्कादेखि मध्यम वर्षा भएको छ।
  • आज दिउँसो देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुनेछ।
  • राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भागमा ठूलो वर्षा हुन सक्छ।

काठमाण्डौ — गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । केही ठाउँमा भेलबाढी नै बग्ने गरी पानी परेको छ ।

आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशका पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी   प्रदेशका  तराई भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img