आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह

समाचार सारांश
Auto Generated by AI
  • देशका विभिन्न ठाउँमा आज र भोलि मेघ गर्जनसहित ठूलो वर्षाको सम्भावना छ।
  • बाढी पहिरो तथा डुबानको जोखिम रहेकाले सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ।
  • आपत्कालीन अवस्थामा ११५५, ११४९, १०० वा १११४ मा फोन गर्न सूचित गरिएको छ।

काठमाण्डौ – आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज बिहान काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन वा चट्याङसहित मुसलधारे वर्षाको सम्भावना छ ।

थोरै ठाउँमा आरीघोप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढी सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात् बाढी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ । प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपदमा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ ।

यसपालि नेपालमा मनसुन जुन १९ तारिख अर्थात् असार ५ गते भित्रिएको हो । तर अझैसम्म पुरै देशभर फैलिएको छैन । औसत मितिभन्दा ६ दिनपछि भित्रिएको मनसुन प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन् ।

मनसुन बाँकी भागमा पनि फैलिने क्रममा छ। यस्तो बेला ठुलो वर्षासँगै कतैकतै अचानक बाढी आउन सक्ने सम्भावना पनि भएकाले सतर्क रहन आग्रह गरेको प्राधिकरणले जनाएको छ ।

अकस्मात् बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img