भूमिकास्थानको १९औँ नगरसभाबाट बजेट पारित

समाचार सारांश
Auto Generated by AI
  • भूमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८५ करोड ९६ लाख ७ हजार रुपैयाँको बजेट सर्वसम्मत पारित गरेको छ।
  • बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको छ।
  • नगर प्रमुख र उपप्रमुखले यो बजेट नगरवासीको जीवनस्तर उकास्ने र समृद्ध नगर निर्माण गर्ने मार्गचित्र भएको बताएका छन्।

हृदय भुसाल अर्घाखाँची, असार १० — भूमिकास्थान नगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८५ करोड ९६ लाख ७ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। नगरसभामा प्रस्तुत बजेटले कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ।
नगरपालिकाले सार्वजनिक गरेको बजेट विवरणअनुसार संघीय सरकारको सशर्त अनुदानतर्फ ३५ करोड २५ लाख रुपैयाँ, प्रदेश सरकारको सशर्त अनुदानतर्फ १ करोड १० लाख रुपैयाँ तथा प्रशासनिक खर्चतर्फ १२ करोड ५२ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसका साथै नगरस्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि १० करोड १० लाख १० हजार रुपैयाँ, वडा तहका योजना तथा कार्यक्रमका लागि १ करोड ८० लाख रुपैयाँ तथा सामाजिक सुरक्षा भत्ता र ज्येष्ठ नागरिक सेवा कार्यक्रमका लागि १८ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ।
नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि र किसानको आयआर्जनमा सुधार ल्याउने उद्देश्यका साथ कृषि तथा पशुसेवा शाखामार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। त्यसैगरी विद्यालय शिक्षा सुधार, शैक्षिक पूर्वाधार निर्माण, स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, महिला तथा बालबालिका लक्षित कार्यक्रम, युवा स्वरोजगार, उद्यम विकास तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई समेत बजेटमार्फत प्राथमिकतामा राखिएको छ।
नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख झबिलाल थापा ले सीमित स्रोत र साधनका बाबजुद नगरवासीको आवश्यकता, विकासका प्राथमिकता र दीर्घकालीन योजनालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो। उहाँले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा अन्य आधारभूत पूर्वाधारको विकासमार्फत नागरिकको जीवनस्तर उकास्ने लक्ष्य बजेटले लिएको उल्लेख गर्नुभयो।
नगर प्रमुख थापाले भन्नुभयो, “यो बजेट केवल अंकको दस्तावेज मात्र होइन, नगरवासीको अपेक्षा र समृद्ध भूमिकास्थान निर्माणको मार्गचित्र हो। कृषि उत्पादन र रोजगारी वृद्धि, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित खानेपानी, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिँदै बजेट निर्माण गरिएको छ। बजेटको प्रभावकारी कार्यान्वयनमार्फत नगरवासीले प्रत्यक्ष अनुभूति गर्ने गरी विकासका काम अगाडि बढाइनेछ।”
उपप्रमुख बालकृष्ण बन्जाडे ले बजेटले समावेशी विकास, सामाजिक न्याय र सुशासनलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य लक्षित वर्गको सशक्तीकरण र क्षमता विकासका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो।
उपप्रमुख बन्जाडेले भन्नुभयो, “नगरपालिकाले विकासको प्रतिफल सबै नागरिकसम्म पुग्ने गरी बजेट विनियोजन गरेको छ। सामाजिक सुरक्षा, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य तथा उद्यमशीलता विकासका कार्यक्रममार्फत नगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिइएको छ। जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज र आम नगरवासीको सहकार्यबाट बजेटको सफल कार्यान्वयन हुनेछ भन्ने विश्वास लिएका छौँ।”
नगरसभामा जनप्रतिनिधिहरूले बजेटमाथि आ–आफ्ना धारणा राख्दै स्थानीय आवश्यकता र जनअपेक्षाअनुसार कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिएका थिए। छलफलपछि नगरसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।
नगरपालिकाले पारित बजेटमार्फत आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार निर्माण, वातावरण संरक्षण तथा संस्थागत सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने अपेक्षा गरेको छ। स्थानीय सरकारको विकास यात्रालाई थप प्रभावकारी बनाउँदै नगरवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लैजाने तयारी गरिएको नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै