ओ अलग ही लेभलको बन्दा है

समाचार सारांश
Auto Generated by AI
  • सोच राख्नु मात्र पर्याप्त छैन त्यसलाई कार्यरूपमा उतार्न आवश्यक छ।
  • सफलता प्राप्त गर्न असफलताका अनुभवहरूलाई जोडेर अघि बढ्नुपर्छ।
  • कल्पनाको बीउलाई कर्मको माटोमा रोपेर मात्र सृजना सम्भव हुन्छ।


निम्बतरु

सोच सबैको हुन सक्छ।
आकाशमा बादलजस्तै—
जो जहाँ पनि जन्मिन सक्छ,
जुनसुकै टाउकोमाथि पनि तैरिन सक्छ।

तर क्रियसन कमैले गर्छन ?
सोचले मात्रै हुदैन
क्रियसन चाहिन्छ
न्यून स्तरको चेतनाले
माइण्डसेट त झन् कता हो कता रहन्छ

त्यो कुनै किताबको अध्याय होइन,
न कुनै मोटिभेसनल भिडियोको शीर्षक।

त्यो त मस्तिष्कको भित्री जंगलमा आफैले आफैँलाई भेट्ने दुर्लभ घटना हो।

धेरैले सपनाको फोटो खिच्छन्,
ऊ सपनाको कंकालमा मासु चढाउँछ।

धेरैले योजना बनाउँछन्,
ऊ योजनाको धुलो खाएर बाटो जन्माउँछ।

उसको खल्तीमा सफलताका प्रमाणपत्रभन्दा बढी असफलताका टुक्राहरू छन्,
र ती टुक्राहरूलाई जोडेर उसले आफ्नै ब्रह्माण्ड बनाएको छ।
ऊसँग कुनै जादु छैन, कुनै गुप्त मन्त्र छैन।

फरक यत्ति हो—
जहाँ धेरै सोचहरू मनको गोदाममै थन्किन्छन्,
ऊ तिनलाई बाहिर निकाल्छ,
घाममा सुकाउँछ,
हावा लगाउँछ,
र जीवित प्राणीझैँ संसारमा छोडिदिन्छ।

उसले बुझेको छ—
कल्पना एउटा बीउ मात्र हो,
क्रियसन त्यसको रूख हो,
र माइण्डसेट त्यो अदृश्य माटो
जहाँ बीउले आफूमाथिको ढुङ्गा पन्छाएर
पहिलोपटक उज्यालो देख्छ।

त्यसैले भीडले कहिलेकाहीँ अर्धविश्वास,
अर्धईर्ष्या र अर्धविस्मयले भन्छ—
“ओ अलग ही लेभलको बन्दा है।”

तर ऊ मुस्कुराउँछ।
किनकि उसलाई थाहा छ—
ऊ अलग लेभलको होइन,
ऊ केवल त्यस्तो मान्छे हो
जसले सोचलाई सपना भएर मर्न दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरको माटोबाट जन्मियर राष्ट्रिय सांगीतिक मञ्चमा चम्किँदै सन्ध्या आचार्य

सरकारले तीन महिनामा सार्वजनिक ऋणको ब्याज झण्डै एक खर्ब भुक्तान गर्‍याे

अखिल नेपाल किसान महासंघ अर्घाखाँचीकाे दशाैं जिल्ला  अधिवेशन सम्पन्न

धन्चौर देउरालीमा आयोजित भलिबल प्रतियोगिता सम्पन्न, खाँचिकोट युवा क्लब बन्यो च्याम्पियन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठव्रत समापन

- Advertisement -spot_img
-Advertisement-spot_img