दुई सामुदायिक वन समायोजन, गुन बहादुर घर्ती नेतृत्वमा नयाँ समिति

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको भूमिकास्थान–१० मा दुई सामुदायिक वन एक आपसमा गाभिएर आरिचौर देवल खमारी सामुदायिक वन बनेको छ।
  • गुणबहादुर जिसीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
  • वनको दिगो व्यवस्थापन र उपभोक्ताको हितका लागि दुवै समितिलाई एकीकृत गरी अघि बढ्ने निर्णय भएको छ।

हृदय भुसाल अर्घाखाँची, — भूमिकास्थान नगरपालिका–१०, धन्चौरमा  रहेको देवल खमारी सामुदायिक वन उपभोक्ता समिति र आरिचौर देवल बिसारे सामुदायिक वन उपभोक्ता समितिको संयुक्त भेलाले दुई वनलाई समायोजन गरी “आरिचौर देवल खमारी सामुदायिक वन उपभोक्ता समिति” नामाकरण गरेको छ। भेलाले १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित कार्यसमितिको अध्यक्षमा गुन बहादुर घर्ती , उपाध्यक्षमा तारा गैरे, सचिवमा पवित्रा अधिकारी  घर्ती, कोषाध्यक्षमा सुधीर नेपाली तथा सहसचिवमा इन्द्रबहादुर खासु चयन हुनुभएको छ।
भेलाले सामुदायिक वनको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ समायोजनको निर्णय गरेको जनाएको छ। वन व्यवस्थापन, जैविक विविधता संरक्षण तथा उपभोक्ताको हितका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्न समायोजनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
भेलामा भूमिकास्थान नगरपालिका–१० का वडा सदस्य टाम लाल भट्टराई, पत्रकार तथा सामाजिक व्यक्तित्व हृदय भुसाल र सामाजिक व्यक्तित्व लेखनाथ पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एबम वडा सदस्य टाम लाल भट्टराईले सामुदायिक वन स्थानीय विकास र वातावरण संरक्षणको महत्वपूर्ण आधार भएकाले नवगठित समितिले वन संरक्षणसँगै उपभोक्ताको हितमा प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो। पत्रकार हृदय भुसालले वन समायोजनले व्यवस्थापनलाई थप व्यवस्थित र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्दै आयआर्जन तथा जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो। सामाजिक व्यक्तित्व लेखनाथ पाण्डेले सामुदायिक वनको संरक्षणमा सबै उपभोक्ताको साझा जिम्मेवारी रहेको बताउँदै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष प्रेमलाल शर्मा, पूर्व वन समिति अध्यक्ष रेमलाल भट्टराई, सामाजिक व्यक्तित्व शेषकान्त  गैरे, धर्मराज भट्टराई, रुद्रप्रसाद भट्टराई, डिलाराम पाण्डे लगायतको आतिथ्यता रहेको थियो।
भेलाले रेमलाल भट्टराईको संयोजकत्वमा हृदय भुसाल र हिरा जिसी सदस्य रहेको तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ।
भेला गुन बहादुर क्षेत्रीको अध्यक्षता, हिरा जिसीको स्वागत मन्तव्य तथा पवित्रा घर्तीको सञ्चालनमा सम्पन्न कार्यक्रमले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सामुदायिक वनको दिगो संरक्षण, विकास तथा उपभोक्ताको हितका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै