
- गण्डकीदेखि पूर्वका धेरै क्षेत्रमा गएरातिदेखि मध्यमदेखि ठूलो वर्षा भइरहेको छ।
- कोशी प्रदेशमा आज दिनभर र राति पनि ठूलो वर्षा हुने सम्भावना छ।
- बाढी पहिरो र डुबानको जोखिम बढेकाले सतर्क रहन आग्रह गरिएको छ।
मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका ठाउँमा स्थानमा दिउँसो पनि ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, आज रातिको समयमा पनि कोशी प्रदेशका पहाडी तथा तराई भूभागका केही ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले स्थानीय वासीलाई सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।
यद्यपि, लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान छ ।

























