बन्द समाज

समाचार सारांश
Auto Generated by AI
  • निम्बतरु कवितामा कठोर नियम र नियन्त्रणले थिचिएको बन्देजपूर्ण समाजको चित्रण गरिएको छ।
  • यहाँ प्रश्न गर्न मनाही छ र स्वतन्त्रतालाई अवैध सपनाका रूपमा लिइन्छ।
  • सबै बन्देजका बाबजुद व्यवस्थाप्रति एउटा विद्रोही प्रश्न अझै जीवित रहेको देखिन्छ।

निम्बतरु

ढोका भित्र ढोका राखिएको शहर
जहाँ हावाले पनि परिचय देखाएर मात्र प्रवेश गर्छ
यहाँ शब्दहरू स्वतन्त्र हुँदैनन्—
तिनको पासपोर्ट पुरानो परम्परा हो
आँखाहरूले देख्छन्, तर प्रश्न गर्न पाउँदैनन्
मौनता यहाँ नीति हो
र परिवर्तन—
एक अवैध सपना
यहाँ नदी पनि सीधा बग्नुपर्छ
घुमाउरो भयो भने दोषी ठहरिन्छ
मान्छेहरू बाँच्दैनन्,
नियमको छायामा अनुकरण गर्छन्
तर कतै
ढुंगाको बीचबाट उम्रिएको घाँसजस्तै
एउटा प्रश्न चुपचाप बाँचिरहेछ—
“ढोका कसले बन्द गर्‍यो?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा सञ्चालन

आज पनि महाअष्टमी, हिजोकै कर्म दोहोर्‍याउन सुझाव

- Advertisement -spot_img
-Advertisement-spot_img