सुनछहरी कृषि परियोजनाको फिल्ड अनुगमन सम्पन्न, दिगो आयआर्जन र कृषि उद्यम विकासमा जोड

समाचार सारांश
Auto Generated by AI
  • सुनछहरी गाउँपालिकामा सञ्चालित कृषि परियोजनाको उच्चस्तरीय टोलीद्वारा अनुगमन सम्पन्न भएको छ।
  • परियोजनाले स्थानीय कृषकहरूको आयआर्जन वृद्धि र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको पाइएको छ।
  • गाउँपालिका अध्यक्ष तथा सरोकारवालाहरूले कृषिको आधुनिकीकरण र दिगो उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

हृदय भुसाल अर्घाखाँची । सुनछहरी गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सहिद परिवार समाज नेपालको सहजीकरणमा सञ्चालित सुनछहरी कृषि परियोजनाको फिल्ड अनुगमन सम्पन्न भएको छ।
परियोजना अनुगमन समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष धनबहादुर पुनको नेतृत्वमा सम्पन्न अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ननकला घर्ती, प्रमुख प्रशासकीय अधिकृत प्रेम घर्ती, गाउँपालिका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष अमरजित पुन, वडा नं. ७ का अध्यक्ष राजबहादुर रोका, वडा नं. ४ का अध्यक्ष हर्कराम बुढा, योजना शाखा प्रमुख गुमानसिंह बिष्ट, पशु शाखा प्रमुख कृष्ण पाण्डे, कृषि शाखा प्रमुख कमल बोहोरा, सहिद परिवार समाज नेपालका अध्यक्ष विशाल खड्का, परियोजना प्रमुख काशीराम शर्मा, सहिद परिवार समाज रोल्पा शाखाका लेखा प्रमुख गणेशमान खड्का, बजार सहजकर्ता बुलबहादुर पुन, वडा सदस्यहरू, समूहका पदाधिकारी तथा सदस्यहरू र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
अनुगमनका क्रममा परियोजनाअन्तर्गत सञ्चालन भएका कृषि तथा पशुपालनसम्बन्धी गतिविधि, कृषकलाई प्रदान गरिएका सहयोग, उत्पादन तथा बजारीकरणको अवस्था, कृषकको आयआर्जनमा परेको प्रभाव लगायत विषयमा स्थलगत अवलोकन गरिएको थियो। साथै परियोजनाबाट प्राप्त उपलब्धि, देखिएका चुनौती र आगामी कार्यदिशाबारे समेत सहभागीहरूबीच छलफल गरिएको थियो।
अनुगमनको क्रममा बोल्दै गाउँपालिका अध्यक्ष धनबहादुर पुनले सुनछहरी गाउँपालिकाको समृद्धिको आधार कृषि र पशुपालन भएकाले उत्पादनसँगै उद्यमशीलता विकासमा जोड दिन आवश्यक रहेको बताउनुभयो। उहाँले परियोजनामार्फत कृषकहरूको जीवनस्तर सुधार, आयआर्जन वृद्धि र आत्मनिर्भरता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि गाउँपालिकाले कृषकमैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताउनुभयो।
उपाध्यक्ष ननकला घर्तीले परियोजनाले विशेषगरी महिला, विपन्न तथा ग्रामीण समुदायको आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। उहाँले समूहमा आधारित कार्यक्रमहरूले सामूहिकता, बचत तथा उद्यमशीलताको विकासमा सहयोग पुगेको उल्लेख गर्दै सिकेका सीपलाई व्यवहारमा उतारेर उत्पादन बढाउन कृषकहरूलाई आग्रह गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत प्रेम घर्तीले स्थानीय तह, विकास साझेदार संस्था र समुदायबीचको सहकार्यबाट मात्रै दिगो विकास सम्भव हुने बताउनुभयो। उहाँले परियोजनाले तय गरेका उद्देश्य र उपलब्धिहरूलाई अझ प्रभावकारी बनाउन पारदर्शिता, जवाफदेहिता र नियमित अनुगमनलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।
सहिद परिवार समाज नेपालका अध्यक्ष विशाल खड्काले हेफर प्रोजेक्ट नेपाल, सुनछहरी गाउँपालिका र समुदायबीचको सहकार्यबाट सञ्चालन भइरहेको परियोजनाले स्थानीय कृषकहरूको उत्पादन वृद्धि, पशुपालन व्यवसाय विस्तार तथा बजारसँगको पहुँच अभिवृद्धिमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि समुदायको आवश्यकता र स्थानीय सम्भावनालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
अनुगमन टोलीले परियोजनाबाट लाभान्वित कृषकहरूका कृषि तथा पशुपालन गतिविधिको अवलोकन गर्दै प्राप्त उपलब्धिलाई थप विस्तार गर्न, उत्पादनलाई बजारसँग जोड्न र दिगो आयआर्जनका अवसर सिर्जना गर्न आवश्यक सुझावसमेत दिएको थियो। सहभागीहरूले परियोजनाले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा कृषि व्यवसायीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै