रास्वपाले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने

समाचार सारांश
Auto Generated by AI
  • रास्वपाले आफ्नो पदाधिकारी र केन्द्रीय समितिको आकार क्रमशः १९ र १५८ जना पुर्‍याएको छ।
  • चितवनमा असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनका लागि करिब ४ करोड खर्च हुने अनुमान छ।
  • महाधिवेशनमा विद्युतीय मतदान मेसिन प्रयोग गरिने र लेबी नबुझाउने सदस्य सहभागी हुन नपाउने भएका छन्।

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी सङ्ख्या १३ बाट बढाएर १९ पुर्‍याउने निर्णय गरेको छ । विधानमा वरिष्ठ नेताको पद थपिएको छ ।

रास्वपाले चुनावअघि बालेन्द्र शाहसँग एकताको निम्ति सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको पद सिर्जना गरेको थियो । पहिलो महाधिवेशनका क्रममा सचिवालय बैठकले त्यही पदलाई विधानको हिस्सा बनाएको हो ।

पदाधिकारीमा सभापति एक, वरिष्ठ नेता एक, उपसभापति तीन, महामन्त्री दुई, सहमहामन्त्री पाँच, प्रवक्ता एक, सहप्रवक्ता तीन, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष दुई जना हुनेछन् ।

त्यस्तै केन्द्रीय समितिको सङ्ख्या १२९ बाट बढाएर १५८ पुर्‍याएकाे रास्वपाले जनाएको छ ।

रास्वपाको महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ । अहिले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम भइरहेको पार्टीले जनाएको छ ।

रास्वपाले आउँदो महाधिवेशनका लागि झन्डै ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको जनाएको छ । पार्टीको सचिवालय बैठकको निर्णय सुनाउँदै महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने बताउनुभयो । उहाँका अनुसार लेबी नबुझाउने सदस्यहरूले महाधिवेशनमा भाग लिन पाउने छैनन् ।

रास्वपाले महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेशिन (ईभीएम) प्रयोग गरेर चुनाव गर्ने तयारी गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै