असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने

समाचार सारांश
Auto Generated by AI
  • सरकारले असारको तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको छ।
  • भूमि व्यवस्था मन्त्री रावलले विगतका आयोग प्रभावकारी नभएकाले संरचनात्मक परिवर्तन गरिएको बताउनुभएको छ।
  • समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम सञ्चालकहरूको सम्पत्ति रोक्का गरी फिर्ता गर्न सुरु गरिएको छ।

काठमाण्डाै – सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण शुरू गर्ने जनाएको छ । आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराउनुभएको हो ।

काठमाण्डाैका सुकुम्वासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ । लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या आएको भन्दै सुकुम्वासीहरूले तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन् । अघिल्ला सरकारहरूले भूमि आयोगमार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमिसम्बन्धी समिति बनाएर सुकुम्वासीको व्यवस्थापनको काम अगाडि बढाएको छ ।

मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्वासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार बितेका ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म ९ हजारले मात्र लालपुर्जा पाउनु लज्जास्पद अवस्था रहेकोले सरकारले संरचनात्मक परिवर्तन गरेको बताउनुभयो ।

यस्तै सहकारी क्षेत्रको समस्याका बारेमा जवाफ दिँदै मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्यकोषको एक पैसा पनि खर्च नभएको दाबी गर्नुभयो ।

पछिल्लो ३ महिनामा ८ वटा समस्याग्रस्त सहकारीका १ हजार ४५२ जना साना बचतकर्ताको ५९ लाख ४ हजार ६०० रुपैयाँ फिर्ता गरिएको उहाँले जानकारी दिनुभयो । त्यो रकम सम्बन्धित सहकारीका सञ्चालक तथा पदाधिकारीहरूको सम्पत्ति र बैंक खाता रोक्का गरी व्यवस्थापन गरिएको हो ।

पछिल्लो ३ महिनामा ३ करोड ५४ लाख ४९ हजार रुपैयाँ ऋण असुली भएको र आउँदा दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै