आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • देशका केही पहाडी तथा हिमाली क्षेत्रमा आज मध्यम वर्षाको सम्भावना छ।
  • वर्षासँगै चट्याङ पर्ने जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
  • राति कोशी, मधेश र गण्डकीका केही स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्छ।

काठमाण्डौ – आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेष गरी कोशी प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार मधेश प्रदेशका एक/दुई ठाउँमा पनि मध्यम वर्षाको सम्भावना छ ।

वर्षासँगै चट्याङ्गको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा कोशी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा वा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ । त्यसै गरी बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

मधेश प्रदेशका केही ठाउँमा राति पनि मेघ गर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै