सुनछहरीका कृषकलाई बजारसँग जोड्न होलेरी हाटबजारको अध्ययन भ्रमण

समाचार सारांश
Auto Generated by AI
  • सुनछहरी गाउँपालिकाका कृषक तथा पदाधिकारीहरूले दाङको होलेरी हाटबजारमा कृषि उपजको व्यवस्थापन र बजारीकरण विधिबारे अध्ययन अवलोकन भ्रमण गरेका छन्।
  • गाउँपालिका अध्यक्ष धनबहादुर पुनले स्थानीय उत्पादनको बजारीकरणलाई व्यवस्थित गर्न वडा तहमा कृषि जोन निर्धारण गरी कृषकको आयआर्जन बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • सहभागीहरूले भ्रमणबाट सिकेका ज्ञानलाई व्यवहारमा उतारी संकलन केन्द्र र हाटबजारको प्रभावकारी सञ्चालनमार्फत कृषि प्रणालीलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका छन्।

हृदय भुसाल बुटवल  । सुनछहरी गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सहिद परिवार समाज नेपालको सहजीकरणमा सञ्चालन भइरहेको परियोजनाअन्तर्गत हाटबजार व्यवस्थापन तथा कृषि उपजको बजारीकरण सम्बन्धी अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ।
दाङ जिल्लाको होलेरी हाटबजारमा गरिएको अध्ययन भ्रमणमा सुनछहरी गाउँपालिकाका विभिन्न सहकारी तथा कृषक समूहबाट गठित बजार व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। भ्रमण टोलीमा गाउँपालिका अध्यक्ष धनबहादुर पुन, उपाध्यक्ष ननकला घर्ती, कृषि शाखा प्रमुख, शहीद परिवार समाज नेपालका अध्यक्ष विशाल खड्का, परियोजना संयोजक काशीराम शर्मा, लेखा अधिकृत गणेशमान खड्का लगायतको सहभागिता रहेको थियो।
अवलोकन भ्रमणका क्रममा होलेरी हाटबजारको सञ्चालन, व्यवस्थापन, कृषि उपज संकलन, भण्डारण तथा बजारीकरणका अभ्यासबारे जानकारी लिइएको परियोजनाले जनाएको छ। सहभागीहरूले त्यहाँको व्यवस्थापन प्रणाली, किसान र बजारबीचको समन्वय तथा स्थानीय उत्पादनको बिक्री वितरण प्रक्रियाको अवलोकन गरेका थिए।
भ्रमणपछि बजार व्यवस्थापन समितिका अध्यक्ष सुनिलले अध्ययन भ्रमण निकै उपलब्धिमूलक भएको बताउँदै सुनछहरीमा पनि यस्ता अभ्यास कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले स्थानीय उत्पादनको बजारीकरणलाई व्यवस्थित गर्न हाटबजार तथा संकलन केन्द्रको प्रभावकारी सञ्चालन आवश्यक रहेको बताए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष धनबहादुर पुनले सुनछहरी गाउँपालिकामा कृषि, पशुपालन तथा वनजन्य उत्पादनको ठूलो सम्भावना रहेको बताउँदै उत्पादनसँगै बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर गाउँपालिका अघि बढिरहेको बताए। उनले कृषकले उत्पादन गरेका वस्तुले उचित मूल्य पाउन सके मात्र आर्थिक समृद्धि सम्भव हुने उल्लेख गर्दै अध्ययन भ्रमणबाट प्राप्त अनुभवलाई व्यवहारमा उतार्न सबैलाई आग्रह गरे। अध्यक्ष पुनले वडा तहमा कृषिजन्य उत्पादनको जोन निर्धारण गर्ने निर्णयले उत्पादन र बजारीकरणलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
गाउँपालिका उपाध्यक्ष ननकला घर्तीले विभिन्न तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन भए पनि कार्यान्वयन पक्षमा केही चुनौती रहेको बताउँदै अब सिकाइलाई व्यवहारमा उतार्ने समय आएको बताइन्। उनले संकलन केन्द्रहरू पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको र किसानहरूमा अझै अनुदानमुखी सोच कायम रहेकाले उत्पादनमुखी र व्यवसायिक कृषि प्रणालीतर्फ उन्मुख हुन आवश्यक रहेको धारणा राखिन्। अध्ययन भ्रमणबाट सिकिएका अभ्यासले स्थानीय हाटबजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।
त्यसैगरी सहिद परिवार समाज नेपालका अध्यक्ष विशाल खड्काले परियोजनाको मुख्य उद्देश्य किसानलाई उत्पादनमा मात्र नभई बजारसँग जोडेर आयआर्जन वृद्धि गर्नु रहेको बताए। उनले समुदायमा आधारित विकासका कार्यक्रमले सकारात्मक परिवर्तन ल्याइरहेको उल्लेख गर्दै उत्पादन, संकलन, प्रशोधन र बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक रहेको बताए। संस्थाको सहयोगमा सञ्चालन भएका कार्यक्रमहरूले कृषकहरूको क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ थियो।
भ्रमणका क्रममा सहभागी किसानहरूले स्थानीय उत्पादनको बजार सुनिश्चित गर्न अझ प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए। उनीहरूले उत्पादित वस्तुको उचित बजारीकरणमा समस्या रहेको, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुपर्ने तथा बहुमूल्य कृषि तथा वनजन्य उत्पादनको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए।
भ्रमण टोलिमा सहभागी किसान सबिना बुढाले समूह गठन गर्दा देखिएको उत्साह पछिल्ला वर्षमा केही कम भए पनि कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याएको बताइन्। उनले बाख्रा उपहार कार्यक्रम लगायतका गतिविधिले किसानहरूको जीवनस्तर सुधारमा योगदान पुर्‍याएको उल्लेख गरिन्।
सहभागीहरूले खेतीयोग्य जमिन बाँझो रहने समस्या अन्त्य गर्न, स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्न तथा सरकारी एवं गैरसरकारी संस्थाले सञ्चालन गर्ने कार्यक्रमहरूमा सुशासन र दिगोपनालाई प्राथमिकता दिन सुझाव दिएका थिए।
भ्रमणको अन्त्यमा सहभागीहरूबीच अनुभव आदानप्रदान  गरिएको थियो। सहभागीहरूले अध्ययन भ्रमणले सुनछहरीमा कृषि उपजको संकलन, व्यवस्थापन र बजारीकरणलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सिकाइ प्रदान गरेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै