साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्र बैंकले लघु, साना तथा मझौला व्यवसायीका लागि डिजिटल कर्जाको व्यवस्था गरेको छ।
  • व्यवसायीले अल्पकालीन ५ लाख र दीर्घकालीन १० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्।
  • नयाँ व्यवस्थाअनुसार अल्पकालीन कर्जाको भुक्तानी अवधि १ वर्ष कायम गरिएको छ।

काठमाण्डौ – अब लघु, साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने भएका छन् । राष्ट्र बैङ्क भुक्तानी विभागले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ)सम्बन्धी मार्गदर्शन परिमार्जन गरेर लघु, साना तथा मझौला व्यवसायीका लागि पनि डिजिटल कर्जाको सुविधा थप गरेको हो ।

लघु, साना तथा मझौला व्यवसायीलाई पनि डिजिटल कर्जा सुविधा उपलब्ध गराउनका लागि विद्यमान कार्यविधि संशोधन गरिएको राष्ट्र बैङ्क भुक्तानी विभागले जनाएको छ । विभागका अनुसार अब लघु, साना तथा मझौला व्यवसायीले २ प्रकारको डिजिटल कर्जा पाउनेछन् ।

यसअनुसार अल्पकालीन प्रकृतिको चालु पुँजी कर्जा अधिकतम ५ लाख  रुपैयाँ र दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जा अधिकतम १० लाख रुपैयाँसम्म रहेको छ । अल्पकालीन प्रकृतिको कर्जाको भुक्तानी अवधि १ वर्ष र दीर्घकालीन प्रकृतिको कर्जामा सम्बन्धित बैङ्कले आफ्नो नीतिअनुसार तोक्न सक्नेछ ।

अहिले पनि तलबी खाता हुने ग्राहकले तीन वर्षका लागि पाँच लाख रुपैयाँसम्मको कर्जा डिजिटल माध्यमबाटै प्राप्त गर्दै आएका छन् । तलब खाता बाहेक अरू खाता हुने सर्वसाधारण ग्राहकले भने तीन वर्षका लागि दुई लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै