सीता पराजुलीको नेतृत्वमा रास्वपा अर्घाखाँचीको नयाँ कार्यसमिति निर्वाचित

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशनबाट सीता पराजुली सभापतिमा निर्वाचित भएकी छिन्।
  • निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्दै पार्टीलाई थप सुदृढ र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
  • नयाँ नेतृत्वले संगठन विस्तार गर्दै जनताका अपेक्षा र सुशासनका पक्षमा सक्रिय भएर काम गर्ने अपेक्षा गरिएको छ।

हृदय भुसाल अर्घाखाँची, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशनबाट सीता पराजुलीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको छ।
अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा सभापति पदका लागि भएको प्रतिस्पर्धामा सीता पराजुली ९१ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी दिनेश सुनारले ७९ मत प्राप्त गरे भने अर्का उम्मेदवार महेन्द्र कुँवरले ३३ मत प्राप्त गरेका थिए। पराजुलीले सुनारलाई १२ मतान्तरले पराजित गर्दै जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ ।
उपसभापति पदमा सहयोगी विसी ११६ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कमल मरासिनीले ८४ मत प्राप्त गरेका थिए। सचिव पदमा चिरन सुनार १५० मतसहित विजयी भए। उनका प्रतिस्पर्धी यज्ञ पौडेलले ४३ मत प्राप्त गरेका थिए। सहसचिव पदमा लक्ष्मण भट्टराई निर्विरोध निर्वाचित भएका छन्।
आईतवार सन्धिखर्कमा प्रतिनिधिसभा सदस्य तथा रास्वपा अर्घाखाँचीका जिल्ला सभापति हरि भुसालले अधिवेशनको उद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी र सरकारप्रति जनतामा रहेको आशा, भरोसा र विश्वासलाई कमजोर हुन नदिई जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले जिल्ला अधिवेशनले संगठनलाई थप बलियो बनाउने विश्वाससमेत व्यक्त गरेका थिए।
नवनिर्वाचित सभापति सीता पराजुलीले आफूलाई विश्वास गरेर नेतृत्वको जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण प्रतिनिधि, नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै पार्टीलाई थप गतिशील, सुदृढ र जनमुखी संगठनका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताइन्। उनले अर्घाखाँची जिल्लामा रास्वपालाई अब्बल संगठनका रूपमा स्थापित गर्न आफू निरन्तर क्रियाशील रहने र पार्टीको नीति, सिद्धान्त तथा जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
नयाँ नेतृत्व चयनसँगै रास्वपा अर्घाखाँचीले संगठन विस्तार, पार्टीको नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउने, जनतासँगको सम्बन्ध थप सुदृढ बनाउने तथा सुशासन, पारदर्शिता र उत्तरदायित्वका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै रास्वपा अर्घाखाँचीमा नयाँ उत्साह र ऊर्जा थपिएको कार्यकर्ताहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै