
- नेपाल बार एशोसियशनले प्रधानन्यायाधीशसमक्ष ३९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
- अदालतमा बाह्य हस्तक्षेप रोक्दै कार्की प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरिएको छ।
- निवेदन दर्ता र दरपिठको प्रक्रियालाई छिटो गरी सात दिनभित्र सुनुवाइ हुनुपर्ने व्यवस्था गर्न आग्रह गरिएको छ।
काठमाण्डौ – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित टोलीले हिजो प्रधानन्यायाधीश डा शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो । भेटमा बारले हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ ।
बारले दर्ता हुन आएका निवेदनहरू त्यही दिन वा भोलिपल्ट सम्ममा दर्ता वा दरपिठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन माग गरेको छ । ध्यानाकर्षण पत्रमा दरपिठ भएको निवेदन उपर सात दिनभित्रमा सुनुवाइको व्यवस्था गर्न आग्रह गरिएको छ ।

























