आजदेखि मलमास शुरु : मत्स्यनारायणमा पुरुषोत्तम मेला

समाचार सारांश
Auto Generated by AI
  • आजदेखि असार १ गतेसम्मका लागि मलमास वा अधिकमास शुरु भएको छ।
  • मलमास अवधिमा नित्य कर्म गर्न मिल्ने भए पनि नयाँ व्रत सुरु गर्न नहुने नियम छ।
  • काठमाडौंको मत्स्यनारायण मन्दिरमा आजदेखि एक महिनासम्म पुरुषोत्तम मेला सुरु भएको छ।

काठमाण्डौ – आजदेखि मलमास अर्थात् अधिकमास शुरु भएको छ । आउँदो असार १ गतेसम्म अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

हरेक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि शुरु भएको हो । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।

एउटा औँशीदेखि अर्को औँशीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेलले बताउनुभयो । दुई वटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्न बाधा नहुने धर्मशास्त्रविद् प्रा.डा देवमणि भट्टराईले बताउनुभयो ।

त्यस्तै पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुवात गर्नु नहुने नियम रहेको पनि उहाँले बताउनुभयो । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्न नहुने उहाँको भनाइ छ ।

यसैबीच काठमाण्डौको चन्द्रागिरि नगरपालिका अन्तर्गत मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा आजदेखि पुरुषोत्तम मेला शुरु भएको छ । हरेक मलमासमा जस्तै यस वर्ष पनि मत्स्यनारायण मन्दिरमा आजदेखि एक महिनासम्म पुरुषोत्तम मेला चल्नेछ ।

मत्स्यनारायण मन्दिरमा मलमासको समयमा भगवान् विष्णुको पूजा–आराधना गर्न नेपाल तथा भारतबाट लाखौँ भक्तजन आउने गर्छन् । पोखरीले घेरिएको यस मन्दिरमा हरेक तीन वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्यनारायण मेला पनि लाग्ने गरेको छ ।

कीर्तिपुर, कलङ्कीको तीनथाना र थानकोटबाट झण्डै ३/४ किलोमिटर दूरीमा रहेको मत्स्यनारायण मन्दिर १७ सय वर्षअघि निर्माण भएको हो । यहाँ ४ हजार वर्षअघि पोखरी स्थापना भएको रेकर्ड रहेको मन्दिर मेला व्यवस्थापन समितिले जनाएको छ । मच्छेनारायण मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पेट्रोलियम पदार्थको भाउ यथावत

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

- Advertisement -spot_img
-Advertisement-spot_img