गाउँको त्यो भूत हिड्ने बाटो

समाचार सारांश
Auto Generated by AI
  • कुहिरोभित्रको एक्लो बरको रूखले विगतका पीडादायी स्मृतिहरूलाई जकड्याएर राखेको छ।
  • इतिहासका विस्मृति र वर्तमानले नचिनेका अस्तित्वहरू एक अर्थहीन बाटोमा भौँतारिइरहेका छन्।
  • मानिस समयको चक्रमा फसेर अन्धकारभित्र आफ्नै छायाँसँग डराउँदै अस्तित्वको खोजी गरिरहेछ।

#निम्बतरु

कुइरोको च्यातिएको कफन ओढेर
अमूर्त बुट्टाहरू कुँदिरहेछ यो रात,
चौबाटोको छातीमा उभिएको
त्यो शालिकजस्तो बरको रूख,
जसका जराहरूले समातेका छन्—
विगतका मृत चीत्कारहरू।

त्यहाँ एउटा बाटो छ,बाटो—
जो आफैँमा कतै जाँदैन,मात्र स्मृतिहरू ओसार्छ
एकाङ्की गुफातिर।

जहाँ पैताला विहीन गोडाहरूले
इतिहासको मसी कुल्चँदै हिँडिरहेछन्,
तिनीहरू भूत हुन् या हाम्रै अस्तित्वका छुटेका पानाहरू?जसलाई वर्तमानको उज्यालोले चिन्न अस्वीकार गर्छ।

राँके आँखाको त्यो नीलो झिल्का—
के त्यो मिथेनको दहन हो?
या चेतनाको बलेर निभेको दियो?
अल्मलिएको यात्री,
समयको चक्कामा घुमिरहन्छ,
त्यही अन्धकारको केन्द्रविन्दुमा,
जहाँ भूगोल हराउँछ,र सुरु हुन्छ—
मान्छेले आफ्नै छाया देखि डराउने आदिम शृङ्खला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै