भदौ २३ र २४ गतेको घटनाको अध्ययन प्रतिवेदन चाँडै सरकारलाई बुझाउँछौँ : मानव अधिकार आयोग

समाचार सारांश
Auto Generated by AI
  • भदौ २३ र २४ को घटनाको अध्ययन प्रतिवेदन छिट्टै सरकारलाई बुझाउने आयोगले जनाएको छ।
  • आयोगका दुई सदस्यले प्रतिवेदनलाई अन्तिम रूप दिने काम गरिरहेका छन्।
  • सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको आयोगको निष्कर्ष छ।

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले गएको भदौ २३ र २४ गते भएको घटनाको अध्ययन प्रतिवेदन चाँडै सरकारलाई बुझाउने बताउनुभएको छ ।

घटना अध्ययन गर्न गठन भएको टोलीले प्रतिवेदन बुझाए पनि आयोगले सार्वजनिक गर्न ढिलाइ गरेकोमा टीकाटिप्पणी भइरहेको छ । घटना लगत्तै छानबिनका लागि आयोगका सदस्य लिली थापाको नेतृत्वमा अध्ययन समिति गठन भएको थियो ।

समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहसम्मको बयान लिएको थियो । अध्ययन समितिले प्रतिवेदन बुझाएपछि आयोगले थप अध्ययन, संक्षिप्त प्रतिवेदन तयार पार्न र सारांशका लागि दुई सदस्य  मिहिर ठाकुर र मनोज दुवाडीलाई जिम्मा दिएको थियो ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा सदस्य दुवाडीले गएको भदौ २३ र २४ गतेको घटनालाई स्मरण गरी घटनाका सम्बन्धमा आयोगले गठन गरेको अध्ययन समितिले प्रतिवेदन बुझाइसकेको र छिट्टै सरकारलाई बुझाउने जानकारी दिनुभयो ।

साथै उहाँले नवयुवाले गरेको आन्दोलन अघि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध अभिव्यक्ति स्वतन्त्रतामाथिको निर्मम प्रहार भएको पनि बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img