अझै एक हप्ता देशका विभिन्न भागमा वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • आउँदो मङ्गलबारसम्म देशका विभिन्न भागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ।
  • गण्डकी प्रदेशमा हप्तैभरि पानी पर्ने र हिमाली भेगमा हिमपात हुन सक्नेछ।
  • वर्षासँगै चट्याङ र हावाहुरी चल्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ।

काठमाण्डाै – अझै एक हप्ता देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आजदेखि आउँदो मङ्गलवार सम्म देशका विभिन्न भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको विभागका मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो ।

अबको एक हप्ता कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा मधेश प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । विभागका मौसमविद् ढकालका अनुसार यी प्रदेशका १/२ ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । मौसमविद् ढकालका अनुसार गण्डकी प्रदेशमा हप्तैभरि वर्षाको सम्भावना छ । आउँदो मङ्गलवारसम्म देशका हिमाली भेगका केही ठाउँमा हिउँ पर्ने पनि सम्भावना छ । अबको एक हप्ता गर्मी केही कम हुने विभागको पूर्वानुमान छ ।

प्रि–मनसुनमा वर्षासँगै मेघगर्जन/चट्याङ र हावाहुरी पनि चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन विभागको आग्रह छ । यो बेला मौसम छिनछिनमै परिवर्तन भइरहने भएकाले पछिल्लो अवस्थाबारे जानकारी लिन विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img