अझै केही दिन गर्मी बढ्ने, तराई–मधेशको जनजीवन असहज

समाचार सारांश
Auto Generated by AI
  • केही दिन अझै तराई र उपत्यकाहरूमा अत्याधिक गर्मी बढ्ने देखिएको छ।
  • लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना छ।
  • हिमाली क्षेत्रका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

काठमाण्डौ – अझै केही दिन गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि मधेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका र खोँचहरूमा गर्मी बढ्नेछ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । केही दिनयता तराई–मधेशसहित देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको हो । कतिपय ठाउँमा तातो हावा चलेको छ । कपिलवस्तु, भैरहवा, बाँके लगायत ठाउँको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

तातो हावा चल्न थालेपछि तराई मधेशको जनजीवन असहज बन्दै गएको छ । बिहानै घाम चर्कने भएपछि बजार र ग्रामीण क्षेत्रसमेत सुनसान बन्ने गरेका छन् । दैनिक ज्याला मजदुरी गर्नेहरूले काम पाउन छाडेका छन् । कतिपय ठाउँमा बेलुकीपख हल्का वर्षा भए पनि धेरै ठाउँमा गर्मी बढेको हो ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ । समाचार स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img