मध्यपूर्व युध्द र नेपाली कामदार

समाचार सारांश
Auto Generated by AI
  • वैदेशिक रोजगारीका लागि मरुभूमि गएका नेपाली श्रमिकहरू ऋण र भोकको भारी बोकेर युद्धको चपेटामा परेका छन्।
  • युद्धग्रस्त क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको जीवन कठिन बन्दै गएको र उनीहरूको मृत्यु केवल सरकारी तथ्याङ्कमा सीमित हुन पुगेको छ।
  • श्रम बेचेर शान्ति खोज्ने बाध्यात्मक परिस्थितिले शासकहरूको अमानवीय व्यापार र श्रमिकको पीडालाई उदाङ्गो पारेको छ।

निम्बतरु

फलामका पखेटाहरूमा चढेर
जब एउटा थकित मानिस ‘मरुभूमि’ ओर्लन्छ,
उसले आफ्नो निधारमा स्वदेशको माटो होइन
ऋणको तमसुक र भोकको नक्सा बोकेको हुन्छ ।

त्यहाँ, जहाँ सूर्यले तातो सिसा ओकल्छ,
उसको पसिना— एउटा नचिनिएको रेमिट्यान्स बनेर
काठमाडौँका अग्ला महलहरूको जगमा सिमेन्ट झैँ जमिदिन्छ

तर अचानक—
त्यो नीलो आकाशमा चीलहरू होइन,
बारुद बोकेका धातुका गर्जनहरू सुनिन्छन् ।

‘लेबनान’का भित्ताहरूमा टाँसिएका छन्—
बिर्सिएका सपनाका टुक्राहरू,
र ‘इजरायल’को काँडेतारमा अड्किएको छ
एउटा नेपाली युवकको रगत लागेको नागरिकता ।

बुद्धको देशबाट गएको त्यो मानिस
अहिले ‘बंकर’ भित्र अक्षरहरू खोजिरहेछ,
जहाँ ‘युद्ध’ कुनै सिनेमाको पर्दा होइन—
प्रत्येक पलको एउटा भयानक अस्तित्व हो ।

बाकसमा फर्किनेहरूका लागि
त्यहाँ कुनै विशेष शोक-गीत छैन,
मात्र एउटा तथ्याङ्क छ—
जो मन्त्रालयका दराजहरूमा धुलो बनेर थुप्रिन्छ ।

ए मरुभूमिको तातो बालुवा !
भनिदेऊ ती शासकहरूलाई—
जसले श्रमको विनिमयमा मृत्युको व्यापार गरिरहेछन्,
कि एउटा श्रमिकको मुटुमा चल्ने धड्कन
कुनै मेसिनको पार्टपुर्जा होइन ।

यो युद्ध कसको हो ?
यो रगत कसको हो ?
जब मानिस आफैँलाई बेचेर शान्ति किन्न खोज्छ,
अनि बल्ल—
इतिहासको ऐनामा एउटा ‘नयाँ सारथी’ को विद्रूप अनुहार देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img