युद्धविरामको समय थप गर्ने ट्रम्पको घोषणा, अस्वीकार गर्ने इरानको सङ्केत

समाचार सारांश
Auto Generated by AI
  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धविरामको समय थप गर्ने घोषणा गर्नुभएको छ।
  • पाकिस्तानले युद्धविराम बढाउन पहल गरे पनि इरानले यसलाई औपचारिक रूपमा स्वीकार गरिसकेको छैन।
  • अमेरिकाले युद्धविराम भए पनि इरानमाथि लगाएको नौसैनिक नाकाबन्दीलाई निरन्तरता दिने जनाएको छ।

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको दुई हप्ते युद्धविरामको समय सकिनै लाग्दा यसको समय थप गर्ने घोषणा गर्नुभएको छ ।

युद्धविरामको समय सकिन केही घण्टा मात्रै बाँकी रहँदा गरिएको यो निर्णयले शान्ति वार्तालाई निरन्तरता दिने उद्देश्य राखेको छ । पाकिस्तानको आग्रहमा युद्धविराम विस्तार भएको रोयटर्सले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री शहवाज सरिफले अमेरिकी कदमको स्वागत गर्दै दुवै पक्ष स्थायी शान्ति सम्झौतामा पुग्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

तर इरानले यो युद्धविरामको समय बढाएको विषयमा औपचारिक सहमति दिएको स्पष्ट छैन । इरानी पक्षले अमेरिकाको निर्णयलाई एकतर्फी भन्दै अस्वीकार गर्ने गर्न सक्ने आशङ्का पनि गरिएको छ । इरानले यसलाई आकस्मिक आक्रमणको तयारीका लागि समय लिएको आशङ्का गरेको छ । युद्धविरामको समय थप भए पनि अमेरिका आफ्नो नौसैनिक नाकाबन्दी कायम राख्ने पक्षमा छ ।

अमेरिकाले इरानका बन्दरगाहहरूमा जारी नाकाबन्दीलाई निरन्तरता दिने बताएको छ, जसलाई इरानले भने युद्धकै संज्ञा दिएको छ । झण्डै ५० दिनदेखि चलिरहेको युद्ध अन्त्यका लागि पाकिस्तानमा दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेको छ ।

तर वार्ताको मिति र सहभागिताबारे अझै अन्योल कायमै छ । मध्यपूर्व युद्धले हजारौँ मानिसको ज्यान गएको छ भने विश्व अर्थतन्त्रमा समेत गम्भीर प्रभाव परेको छ । गएको चैत २४ गते इरान र अमेरिकाबीच दुई हप्ताका लागि अस्थायी युद्धविराम गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img