देउराली यातायात प्रा.लि.द्वारा सेवा विस्तार, लगानीका लागि आवेदन आह्वान

समाचार सारांश
Auto Generated by AI
  • देउराली यातायातले अर्घाखाँचीबाट काठमाडौं र नयाँ दिल्लीसम्म अत्याधुनिक बस सेवा सञ्चालन गर्न लागेको छ।
  • कम्पनीले नयाँ बस सेवाका लागि इच्छुक लगानीकर्ताहरूबाट वैशाख २२ गतेसम्म आवेदन आह्वान गरेको छ।
  • यात्रुहरूलाई सुरक्षित र गुणस्तरीय यात्रा अनुभव प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले आफ्नो सेवा विस्तार गर्न लागेको हो।

हृदय भुसाल अर्घाखाँची । देउराली यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार तथा परिस्कृत गर्ने योजनासहित नयाँ बस सञ्चालनको तयारी थालेको छ। कम्पनीले यात्रुहरूको सुझाव, सल्लाह तथा विश्वासलाई आधार मान्दै सुरक्षित, व्यवस्थित र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ अत्याधुनिक सुविधा सम्पन्न बस सञ्चालन गर्न लागेको जनाएको छ।
कम्पनीका अनुसार अर्घाखाँचीदेखि काठमाडौंसम्म आरामदायी र सुरक्षित यात्रा सुनिश्चित गर्न ५ वटा अत्याधुनिक रात्री बस (Night Bus Service) सञ्चालनमा ल्याइनेछ। त्यस्तै, अर्घाखाँचीदेखि भारतको नयाँ दिल्लीसम्म गुणस्तरीय यातायात सेवा दिन ४ वटा बस सञ्चालन गर्ने तयारी भइरहेको छ।
यसका लागि कम्पनीले लगानी गर्न इच्छुक सेयरधनी तथा सर्वसाधारण नागरिकहरूबाट आवेदन आह्वान गरेको छ। कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत यससम्बन्धी सूचना प्रकाशित भइसकेको र यदि कसैले जानकारी नपाएको भए पुनः स्मरण गराइएको कम्पनीले जनाएको छ।
रात्री बस यातायात व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिहरूले कम्पनीले तोकेको समयसीमा २०८३ साल बैशाख २२ गते अपरान्ह ५:०० बजेभित्र कम्पनीको प्रधान कार्यालयमा उपस्थित भई तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्नेछ। यसमार्फत कम्पनीको अभिभावकत्वमा बस सेवा सञ्चालनका लागि निश्चित कोटा सुरक्षित गर्न सकिने जनाइएको छ।
थप जानकारीका लागि ९८४७१५१३२५, ९८४७१०९४५७ र ९८५७०२९५५२ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
कम्पनीका अध्यक्ष गोबिन्द बन्जाडेले सेवा विस्तारसँगै यात्रुहरूलाई सुरक्षित, सहज र भरपर्दो यात्रा अनुभव प्रदान गर्ने लक्ष्य रहेको बताउँदै लगानीकर्ताहरूलाई अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै