सरकारी काममा हुने ढिलासुस्ती अन्त्यका लागि सरकारले अभियान सञ्चालन गर्ने

समाचार सारांश
Auto Generated by AI
  • सरकारी कार्यालयमा फाइल अड्किने समस्या अन्त्य गर्न चैत ३० देखि वैशाख ७ सम्म शून्य बाँकी फाइल अभियान सञ्चालन हुनेछ।
  • अड्किएका फाइलको दैनिक समीक्षा गर्दै जिम्मेवार कर्मचारी तोकेर छिटो निर्णय लिने व्यवस्था गरिनेछ।
  • सरकारी सेवालाई छिटो र पारदर्शी बनाउन काम गर्नेलाई पुरस्कार र जानाजान ढिलाइ गर्नेलाई कारबाही गरिनेछ।

काठमाण्डौ – सरकारले अनावश्यक रूपमा कार्यालयहरूमा फाइल थन्किने र काम ढिलो हुने समस्या अन्त्य गर्न अभियान सञ्चालन गर्ने भएको छ ।  यसका लागि पर्सि चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन हुँदैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको छ । कार्यालयमा दर्ता भएका फाइल, शुरुवात भएका टिप्पणीलगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न यस्तो अभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ । तलै कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवा प्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन गर्न लागिएको स्पष्ट पारिएको छ ।

अभियानको मुख्य उद्देश्य कुनै पनि चालु अवस्थामा रहेका फाइल अनिश्चित समयसम्म अड्केर नबसोस्, जिम्मेवारी स्पष्ट होस् र काम हुने वा नहुने विषयको समयमै टुङ्गो लागोस् भन्ने रहेको छ ।

अभियानमा पुराना र अड्किएका फाइलहरू छिटो टुङ्ग्याइने, कुन फाइल कसको जिम्मामा कति दिनदेखि छ भनेर दैनिक हिसाब राखिने, ३ दिन, ७ दिन वा १५ दिनभन्दा बढी रोकिएका फाइलहरू अनिवार्य रूपमा समीक्षा गरिने, सानो तहबाटै निर्णय गर्न सकिने फाइल माथि पठाएर ढिलाइ नगर्ने व्यवस्था गरिने भएको छ ।

यस्तै अभियानले फाइलहरू लामो समयसम्म अड्किन नदिने, जिम्मेवार व्यक्ति स्पष्ट बनाउने, काम छिटो गर्ने, सेवाग्राहीलाई छिटो सेवा दिने, हरेक कार्यालयले दैनिक प्रगति विवरण राख्नुपर्ने, राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार र जानाजान ढिलाइ गर्ने कर्मचारीलाई कारबाही गर्ने जनाएको छ ।

अभियानको उद्देश्य सरकारी कामलाई छिटो, पारदर्शी र जिम्मेवार बनाउनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img