उपसभामुखमा २६ वर्षीया रुबी ठाकुर निर्वाचित हुने निश्चित

समाचार सारांश
Auto Generated by AI
  • प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज दिउँसो ४ बजे चुनाव हुँदैछ।
  • सरस्वती लामा र रुबी कुमारी ठाकुर उपसभामुखका लागि चुनावी मैदानमा छन्।
  • सत्तारुढ दलहरूको समर्थन पाएकी २६ वर्षीया रुबी निर्वाचित भएमा इतिहासकै कान्छी उपसभामुख बन्नेछिन्।

काठमाण्डौ- प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज चुनाव हुँदैछ ।

संसद भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया अघि बढ्ने कार्यसूची छ । उपसभामुखको लागि राप्रपाको तर्फबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीको तर्फबाट रुबी कुमारी ठाकुरको उम्मेदवारी परेको छ ।

२६ वर्षीया रुबीलाई सत्तारुढ रास्वपासहित कांग्रेस, एमाले र नेकपाको पनि समर्थन रहेका कारण उहाँ निर्वाचित हुने पक्का भएको छ । यसअघि निर्णायक रास्वपासँग श्रम संस्कृति र राप्रपाले उपसभामुखमा सघाउन आग्रह गरेका थिए।

रास्वपाले सघाउने वचन पाएपछि राप्रपाले उम्मेदवारी दिएको हो । तर अन्तिममा रास्वपाले श्रम संस्कृतिकी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ । रुबी निर्वाचित भएसँगै नेपाली संसद्ले इतिहासकै कान्छी उपसभामुख पाउने भएको छ ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सभामुखमा रास्वपाका डिपी अर्याल यसअघि नै निर्विरोध निर्वाचित भैसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

आमाको नागरिकतामा छोराको हस्ताक्षर

- Advertisement -spot_img
-Advertisement-spot_img