१४ चैत्र २०८२, शनिबार
१४ चैत्र २०८२, शनिबार

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाण्डौ- चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा–आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म आजकै दिन भएको धार्मिक विश्वास छ । उहाँलाई भगवान् विष्णुको सातौँ अवतार मानिन्छ ।

धर्मशास्त्रविद्हरूका अनुसार रामनवमी पर्वले मर्यादित, अनुशासित र न्यायपूर्ण शासनको सन्देश दिन्छ । रामलाई ‘मर्यादा पुरुषोत्तम’ का रूपमा सम्मान गरिन्छ, जसले आदर्श जीवनशैली र नैतिक मूल्यहरूको उदाहरण प्रस्तुत गर्नुभएको छ ।

यस अवसरमा नेपालको जनकपुर तथा भारतको अयोध्यामा विशेष रूपमा रामलीला प्रदर्शन गरिन्छ र भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ । रामनवमीका दिन व्रत बस्ने, पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नान गर्ने, रामगीता तथा विभिन्न रामायण—वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय—को पाठ गर्ने परम्परा छ ।

रातभरि भजन–कीर्तन गर्दै भगवान् रामको आराधना गरिन्छ । प्राचीन कालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँका रूपमा मनाइने गरिन्थ्यो, तर अत्यधिक गर्मीका कारण पछि असोज महिनामा दसैँ मनाउने चलन शुरू भएको भनाइ छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श जीवन र कर्तव्यपरायणताको स्मरण गराउँछ ।

रामनवमी पर्व केवल धार्मिक आस्था मात्र नभई आदर्श जीवन, अनुशासन र न्यायपूर्ण समाज निर्माणको प्रेरणा दिने महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ । रामनवमीको दिन आज देशभर सार्वजनिक बिदा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै