चैते बाँदर र यस्को सँगत

निम्बतरु

चैते बाँदर एक्लै हिँड्छ
रुखका हाँगाहरूबीच
हावाले नछुने एकान्त बोकेर
सायद ऊ भोकाएको छ—
पातहरू सुकिसके, फलहरू हराइसके,
जंगल आफैंले आफ्नो छाया खान थालेको बेला
ऊ एक्लै हुनु उसको बाध्यता हो
तर केवल भोक मात्र होइन,
भीड पनि कहिलेकाहीँ खतरा हुन्छ—
झुन्डले बाँड्ने भन्दा
लुकाउने धेरै हुन्छ
त्यसैले ऊ छुट्टिन्छ,
आफ्नो पेट जोगाउन
आफ्नो सास जोगाउन
चैते बाँदर एक्लै हिँड्छ
जोगी भएर होइन—
जोगिनका लागि
उ एकान्तको उपासक होइन,
परिस्थितिको निर्वासन हो
जहाँ साथ छुट्नु कुनै दर्शन होइन,
बाँच्नको सस्तो तरिका हो
र हामी—
मानिसहरू—
कहिलेकाहीँ उसैलाई जोगी ठान्छौं
तर ऊ त केवल
जीवनसँग हार नमान्ने
एउटा थाकेको जीव हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img