१४ वर्षपछि पाकिस्तान र बङ्गलादेशबीच उडान पुनः शुरू

१४ वर्षपछि पाकिस्तान र बङ्गलादेशबीच उडान पुनः शुरू भएको छ । दुई देशबीच लामो समयदेखि असहज रहेको सम्बन्धमा सुधार आएपछि हिजोदेखि दुई देशबीचको उडान पुनः शुरू भएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१२ देखि बङ्गलादेश र पाकिस्तानका नागरिकले दुबई र दोहाजस्ता खाडीका विमानस्थल हुँदै यात्रा गर्नुपरेको थियो । राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एअरलाइन्स हिजो पाकिस्तानी शहर कराँची पुगेको थियो । अब विमान बङ्गलादेशले हप्तामा दुई दिन बिहीवार र शनिवार ढाका–कराची उडान गर्ने भएको छ ।

सीधा उडानको पुनः स्थापनाले व्यापार र वाणिज्यलाई बढावा दिन, शैक्षिक आदानप्रदानलाई विस्तार गर्न र दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्ने विमान कम्पनीले बताएको छ ।

सन् २०२४ मा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले शेख हसिनाको १५ वर्षे निरङ्कुश शासन अन्त्य गरेपछि पाकिस्तानसँगको सम्बन्धमा सुधार भएको छ ।

यसअघि सन् २०२४ को नोभेम्बरमा कराँचीबाट बङ्गलादेशको प्रमुख बन्दरगाह चटगाउँका लागि मालवाहक पानीजहाजहरू पुनः सञ्चालनमा आएका थिए । त्यस बेलादेखि दुई देशबीचको व्यापारका साथै सांस्कृतिक सम्बन्ध बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै