हृदय भुसाल अर्घाखाँची । नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामबहादुर चौहानले स्वदेशमै रोजगारी सिर्जना गर्नु नै आफ्नो चुनावी अभियानको पहिलो एजेन्डा भएको बताउनुभएको छ। उहाँले बेरोजगारी र आर्थिक अभावका कारण दाजुभाइ तथा दिदीबहिनीहरू विदेशी भूमिमा अनेक दुःख–पीडाका बीच काम गर्न बाध्य हुनुपरेको यथार्थ आफूले नजिकबाट बुझेको उल्लेख गर्नुभयो।
उम्मेदवार चौहानले देशभित्रै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सके मात्रै युवाहरूको पलायन रोकिने बताउँदै त्यसका लागि आफू दृढताका साथ लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आर्थिक विकाससँगै रोजगारी र सुशासनलाई आफ्नो मुख्य शर्तका रूपमा अघि सार्दै उहाँले जनताको जीवनस्तर सुधार्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभयो। मतदाताहरु संघ भेटघाटको अबसरमा उम्मेदवार चौहानले यस्तो बताउनु भएको हो ।
स्वदेशमै रोजगारी सिर्जना नै पहिलो एजेन्डा : उम्मेदवार रामबहादुर चौहान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)

























