२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

महामन्त्रीद्वय थापा–शर्माले विशेष महाधिवेशन बोलाएपछि कांग्रेसभित्रको विवाद उत्कर्षमा

काठमाण्डौ – नेपाली कांग्रेसको १५औं महाधिवेशन अनिश्चित भएसँगै पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमतिविनै विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाएका छन् ।

महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन भनिएको छ । कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले हिजो सूचना निकालेर औपचारिक रूपमै विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

सूचनामा पुस २६ गतेदेखि २८ गतेसम्म गर्ने भनिएको नियमित महाधिवेशन पनि स्थगन भएको जनाइएको छ । संस्थापन पक्ष तयार नभए पनि पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्नेगरी महामन्त्रीद्वयले सूचना निकालेका छन् । महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा पाँच लाख ७ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको सूचनामा उल्लेख छ ।

बाँकी रहेका खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लाका जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुङ्गिएपछि कूल नवीकरण संख्या करिब ६ लाखभन्दा बढी हुने अनुमान छ । यस अवधिमा एक लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको छ । अन्य जिल्ला तथा जनसम्पर्क समितिबाट पनि नयाँ सदस्यता ‘इन्ट्री’ को काम निरन्तर भइरहेको विज्ञप्तिमा उल्लेख छ । नियमित महाधिवेशन तथा यससँग सम्बन्धित अन्य कार्यतालिका स्थगित भएको अवस्थामा पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको काम निरन्तर जारी राख्न सबै तहलाई निर्देश गरिएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन भएको तर नियमित महाधिवेशन निर्धारित समयमा सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै