नेकपा र रास्वपा चुनावको लागि तयार, कांग्रेस र एमाले अझै अलमलमा

काठमाण्डौ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरु चुनावका लागि तयार देखिएका छन् । तर दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमाले अझै अलमलमा छन् ।

नेकपाले जनसभामार्फत र रास्वपाले प्रधानमन्त्रीलाई भेटेर आफूहरु चुनावको लागि तयार रहेको जानकारी गराएका छन् । कांग्रेस र एमालेले चुनावभन्दा प्रतिनिधिसभा पुनस्र्थापनालाई बढी जोड दिएका छन् । अस्ति काठमाण्डौमा भएको सभामा नेकपाका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव बिथोल्ने काम नगर्न सबै पक्षलाई खबरदारी गर्नुभयो । अबको राजनीतिक निकासका लागि चुनाव नै विकल्प भएको उहाँको भनाइ छ ।

यस्तै रास्वपाले फागुन २१ गतेको चुनावमा ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गरेको छ । पार्टी सभापति रवि लामिछानेसहितका नेताहरुले हिजो प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर समयमै चुनाव गर्नको लागि सम्पूर्ण शक्ति लगाउन आग्रह गरेका हुन् । जवाफमा प्रधानमन्त्री कार्कीले आफ्नो ध्यान फागुन २१ का लागि घोषित चुनाव सम्पन्न गराउनेमा मात्रै रहेको बताउनुभएको थियो ।

त्यस्तै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदीश खरेलले चुनावलाई स्वतन्त्र र धाँधलीरहित ढंगबाट अघि बढाउन आफूहरू तयार रहेको जानकारी गराउनुभयो । तर चुनावको तयारीमा लागिरहँदा सरकारले मुख्य राजनीतिक दलहरूलाई विश्वासमा लिन भने सकेको देखिँदैन । चुनावको विषयमा सरकार र कांग्रेस, एमाले, नेकपा लगायत मुख्य दलका शीर्ष नेताबीच संवाद नै शुरू भएको छैन ।

यही बीचमा कांग्रेस र एमाले प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेका छन् । यसअघि नै ती दलका सांसदहरूले छुट्टाछुट्टै रिट दर्ता गरेका थिए । अब दुवै दलले बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षरसहित पूरक रिट दर्ता गर्ने तयारी गरेका छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा १ सय ३८ सांसदले बहुमत हुन्छ । एमालेका ७५ जना र कांग्रेसका ६६ जना निवर्तमान सांसदले हस्ताक्षर गरेका छन् । एमालेले ७५ जनाका हस्ताक्षर यसअघि नै सर्वोच्च अदालतमा बुझाइसकेको छ भने कांग्रेसले आज बुझाउने तयारी गरेको छ ।समाचार स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img