नेपाली कम्युनिस्ट पार्टी भुमिकास्थान नगरपालिकाको एकता सन्देश सभा सम्पन्न

हृदय भुसाल अर्घाखाँची। नेपाली कम्युनिस्ट पार्टी भुमिकास्थान नगरपालिकाको एकता सन्देश सभा आज भुमिकास्थान नगरपालिका–८ नुवाकोटको पोखेडाडामा सम्पन्न भएको छ।

एकता सन्देश सभा कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले सम्बोधन गर्दै विचारका हिसाबले पार्टी एकताबद्व र सुदृढ भइसकेको उल्लेख गर्नुभयो। उहाँले अब सबै नेता तथा कार्यकर्ता उत्पादनमूलक क्षेत्रमा जोडिँदै स्वरोजगार सिर्जना गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। देशको वर्तमान राजनीतिक अवस्थामाथि चर्चा गर्दै नेता खड्काले कम्युनिस्ट चरित्र बोकेको पार्टी अब नेपालमा नेपाली कम्युनिस्ट पार्टी मात्र भएको ठोकुवा गर्नुभयो। उहाँले सबै एक भएर संगठन निर्माण र विस्तारमा जुट्नुपर्ने बताउनुभयो।

कार्यक्रमका विशेष अतिथि तथा पार्टी केन्द्रीय सदस्य रामबहादुर चौहानले गाउँ–गाउँमा संगठन निर्माणमा लाग्नुपर्ने बताउँदै पार्टी एकीकरण पछि सबैमा नयाँ ऊर्जा आएको उल्लेख गर्नुभयो। उहाँले नेपाली कम्युनिस्ट पार्टी आगामी निर्वाचनबाट पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो। नेता चौहानले पार्टीले सुशासन, विकास, न्याय र समानताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै आफूले नेतृत्व गरेको ठाउँमा उदाहरणीय काम गरेको समेत बताउनु भयो।

कार्यक्रममा बोल्दै पार्टीका प्रदेश सचिवालय सदस्य युबा नेता ठाकुर सौरागले वर्तमान समय अनुसारका एजेन्डा लिएर गतिशीलताका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा भुमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे, नेताहरू तारापति भट्टराई, शर्मिला पोख्रेल लगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा नेताहरू शालिकराम खनाल रामप्रसाद गैरे,झबिलाल भट्टराई,सुधीर नेपाली,सुभ बहादुर लगायतका नेताहरुको आथित्यता रहेको थियो।
एकता सन्देश सभा नेकपा नेता हृदय भुसालको अध्यक्षतामा, सुन्दरसिंह ठकुरीको स्वागत मन्तव्य तथा कुलराज बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

तीजकाे दिन शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

आज बिहान धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको संभावना

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img