यो वर्षको मनसुनमा औसतभन्दा धेरै वर्षा : अघिल्लो वर्षभन्दा जनधनको क्षति कम

काठमाण्डौ – यस वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । तर अघिल्लो वर्षभन्दा जनधनको क्षति कम भएको छ । यस वर्ष मनसुन सरदर अवधिभन्दा केही बढी अवधिसम्म रह्यो । सरदरभन्दा केही दिनअघि अगाडि नै अर्थात् यस वर्ष गएको जेठ १५ मा पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन एक सय ३५ दिन रहेर गएको असोज २४ गते बाहिरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा एक हजार तीन सय ७५ दशमलव चार मिलिमिटर वर्षा भएको छ । जुन सरदर एक हजार चार १५ दशमलव पाँच मिलिमिटर वर्षाको तुलनामा ९७ दशमलव २३ प्रतिशत हो । औसतभन्दा बढी वर्षा भएपनि मानवीय तथा भौतिक क्षति विगत बर्षको तुलनामा कम भएको छ । मनसुनको अन्त्यतिर अर्थात् गएको असोज १७ देखि २० गतेसम्म बाढी/पहिरो र डुबानमा ५३ जनाको ज्यान गएको थियो ।

मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भयो । इलाममा मात्रै यस वर्षको मनसुनमा ३९ जनाले ज्यान गुमाए । सरकारले क्षतिग्रस्त इलाम र असार/साउनमा खडेरी परेको मधेश प्रदेशका केही क्षेत्रलाई विपद् तथा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । प्रभावकारी पूर्वतयारी र प्रतिकार्य योजनाका कारण यस वर्ष मनसुन अवधिमा जनधनको क्षति कम भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ ।

प्राधिकरणका अनुसार, गएको वर्ष समग्रमा दुई हजार १ सय ३९ विपद्का घटना हुँदा चार सय ९५ जनाको ज्यान गएको थियो । यस वर्ष एक हजार ४ सय ५४ घटनामा १ सय ४० जनाको ज्यान गएको छ । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img