२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार

पुनः कार्यालय प्रमुखको जिम्मेवारीमा मग्राती

हृदय भुसाल अर्घाखाँची ।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन इकाई अर्घाखाँचीको कार्यालय प्रमुखको जिम्मेवारी बिष्णु मग्रातीले प्राप्त गर्नु भएको छ । उक्त कार्यालयमा रा. प. द्धितीय (प्रा)/उपसचिव दरबन्दी स्वकृत भएपोछी एक तह माथी नाम निकाल्न सफल हुनु भएका मग्राती पुनः  सोही कार्यालयमा कार्यालय प्रमुखको रुपमा हाजिर हुनुभएको निमित्त कार्यालय प्रमुख भोजराज पोख्रेलले बताउनु भयो । विगतमा यसै कार्यालयमा रहि कामकाज गर्दाका सिकाइ, भोगाइ र अनुभव आफैमा अवको यात्राका सारथी हुने कार्यालय प्रमुख मग्राती भनाई रहेको छ । कार्यालय प्रमुख बिष्णु मग्रातिले भन्नु भयो, जिल्लास्थित सरोकारवला निकायहरुसंगको समन्वय, सहकार्य अनिवार्य छ, कार्यालयवाट हुने प्रशासनिक तथा प्राविधिक सेवा टेवामा कानुनत स्पष्ट पारदर्शिता, जवाफदेहिता, मितव्ययीता तथा पदिय आचरणको दुरुपयोग नहुने कुरामा विश्वास्तछु। अन्तत: यस यात्राका शुभचिन्तक, शुभेच्छुक र सहयोगी मनहरुलाइ ह्रदयदेखि हार्दिक आभार प्रकट गर्दछु, । यस अघि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वय एकाई अर्घाखाँचीको नाम परिबर्तन भैई ।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यान्वयन इकाई अर्घाखाँची भए सगै अधिकृतको दरबन्दी बाट उपसचीवको दरबन्दी स्वकृत भएको हो । बिगतमा कार्यालय प्रमुख हुँदा सेबाग्राहिमैत्री कार्य सम्पादन गर्ने एक कुशल रास्ट्रसेबक कर्मचारी भएको सेबाग्राहिहरुले बताएका छन् । सधैं सुशासन,जवाफदेहि र उतरदायी देखिने कार्यालय प्रमुख माग्राती आम किसानहरुका लागी निकै सरल, सहज कार्यालय प्रमुख भएको समेत सबैले बताउदै आएका छ्न । सबै पक्ष संघ समन्वय गर्ने, धौर्यतापुर्बक सेबाग्राहीका आबश्यकता र समस्याहरु सुन्ने  सिमित स्रोत र साधनका बीच पनि माग र आबश्यकताका आधारमा सम्बोधन गर्न सधै  प्रयत्नशील रहने मग्रातिको निकै सरल स्वभाव भएको कर्मचारीको रुपमा बेग्लै परिचय बनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै