२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार

अर्घा वा राङामारेको मेला- एक बाहना

निम्बतरु

जीवनका बाटाहरु छुट्टिए पनि,
कहिँ न कहिँ, कहिल्यै न कहिल्यै,
भाग्य र स्मृतिका मेलाहरूमा फेरि भेट हुनेछ
नियतिको कुनै मेलामा,
हावाको सुगन्धमा,
र हरेक पदचापमा
अर्घा वा राङमारेको मेलामा
अरुबेला जहिल्यै जिन्दगी झमेलामा

त्यस्तै रङको पहिरनमा त्यही हिँडाईको चालमा आउनु
परबाटै मुस्काराउँदै एउटा गुराँस लिएर आउनु
तिमी नै हो भन्ने हुनेछ
ट्याक्कै ! म चिनौँला
मटुलामा त्यस्तै केही
टपरामा बिरम्ला लिएर आउनु
त्यो शरद ऋतुको पूर्णिमाको रातमा
किनभने भेट भन्ने कुरा ठाउँले होइन, प्रतीक्षाले तोक्छ
म त त्यहीँ आउँछु,
हरेक मेलामा, हरेक भीडमा, हरेक सम्भावनामा
तिमी भेटिन्छौ कि भनेर।

मेला भन्ने कुरा केवल व्यापार होइन,
त्यो त भावनाको बजार हो
जहाँ मान्छेहरूले वस्तु होइन, अनुभूति साट्छन्
कसैले परेलीमा टल्किएको सपना किन्छ,
कसैले यादको ओठ
अनि म तिम्रो खोजीमा हुन्छु
भीड बीच तिम्रो नजर
एक पलका लागि भए पनि
तिमी र म फेरि
नजर अन्दाज गर्न सकिन्छ प्रेम छ यद्यपि
त्यसैको लागि नजर यति हतारमा दौड्छ
पुरै मान्छेहरुसँग नजर ठोकिन्छ ।

कहिले काँही लाग्छ
अर्घाको बाटो नियतिले तानेको हो,
र राङमारेको बाटो भावनाले बुनिएको
बीचमा छ – केही अधुरा गीतहरू,
केही अव्यक्त नजरहरू,
केही यस्ता मौन शब्दहरू
जीवन कुनै स्थिर चित्र होइन, त्यो त मेला हो
हावाको सानो स्पर्शले नै भनिदिनेछ
अर्घा वा राङमारे मेला पक्कै भेट होला

मेला त एक बाहना हो
राङमारेको मेला
चतुर्दशीको कुमारी साँझमा
एक पटक तिमीलाई परबाट देख्नुथियो
अब मरेपनि गति परिनेछ जस्तो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै