देउरालीमा हावा चलिरहन्छ

निम्बतरु

हो देउराली – जीवनको अस्थायी ठेगाना
हो देउराली जीवनको एउटा सानो र सीमित ठाउँ
हो यो जीवनको क्षणिक अवस्थिति
कुनै देउरालीमा बसेजस्तै छु म यस संसारमा
यहाँ बस्छु केही समयको लागि ,
हावासँग कुरा गर्छु
अनि अन्ततः कहीं हावा जस्तै लाग्छ
देवताको श्वास जस्तै
देउरालीले हाम्रो अस्तित्वको सानो
र सीमित परिधिलाई प्रतिनिधित्व गर्छ,
जबकि हावा त्यो असीमित शून्यता हो,
जसमा म लोप हुनेछु एकदिन
जसरी देवता बिलुप्त भए

हावाको सुसेलीमा गुन्जिएको स्वर
लाग्छ मेरै आत्माको आवाज जस्तो
जब म गर्छु एक्लो महसुस
हावाको स्पर्शले साथ दिन्छ,
र जब म उदास हुन्छु हावाले सान्त्वना दिन्छ
हावा एउटा बाटो भयो
प्रेमिल यादहरु आइपुग्छ
जसले मेरो भावनाहरू वहन गर्छ
र कहीं अज्ञात ठाउँमा लगेर सार्छ

तर मेरो सुक्ष्म सुगन्धलाई
देउरालीको हावा पर पर,पारि-पारि पुर्याउँछ
एक श्वास हावासंगै वेग मारेर
हिमालसम्म पुग्छ
हावाले तरंगित देउरालीको तोरण बन्छ मन
अलग बनाएर पागलहरुको समुहबाट

देउरालीमा बगिरहेको हावा
एउटा सानो अंश मात्र हो जीवनको महान् प्रवाहको
हावा सधैं चलिरहन्छ, देउराली स्थिर रहन्छ,
देउराली जीवनको सिमित दृष्टिकोण हो
जीवनको सीमित अवस्था हो
तर हावा मुटु हुँदै नशा-नशामा पुगेर
भन्छ केही भेटिनँ तिमीभित्र भन्छ
म भन्छु
त्यसो भए शून्य छु

जो अदृश्यको उपस्थितिमा
म सत्य सावित गर्न सक्छु आफूलाई
एक अज्ञातसँग
देउरालीको पुरानो थुम्कामा
सिमित शरीरको परिवन्दमा
गर्न सक्छु असीमित उडान
अपितु सीमा नै मुक्तिको आधार हो
मलाई देउराली हुने मन थियो
हावाले यसरी उडाएको छ
धुलो-धुलो पारेर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img