
निम्बतरु
यो आकाशले तिम्रो याद दिलाउँछ एक नबिराई
यो यातना हो कि तिमीप्रतिको आशक्तिप्रतिको उग्रता
पहिलो भेटमा जस्तो
घरि आकाश गुलाबी हुन्छ
पहिलो भेटको लाजले रङिएको
घरि आकाश रातो हुन्छ
अतृप्त चाहनाको ज्वालाले जलिरहेको
कहिले रातको निलोमा हराएको हुन्छ
जहाँ तारा पनि तिम्रो आँखा सम्झाउँछ
आज त पहिलोटी रातपछिको नवदुलही झैँ
स्नान गरेर मगमग भएको थियो आकाश
कोमल र थोपा थोपा स्पर्श
पारदर्शी आकाश
आकाश
प्रेमको जस्तै अदृश्य तर अनुभूति हुने उपस्थितिको नाम हो
आकाशले धर्तीलाई कहिल्यै छोएन
बाँध्न पनि सक्दैन
जति छिपिन्छ रात तब
चन्द्रमाको रोशनीमा
एउटा क्यान्डेल पार्टी दिउँ जस्तो
केवल श्वासको आवाज
यो बेला कुनै शब्दहरु आवश्यक छैन
एक त्यस्तो नीलो तृष्णा जसले रातलाई जीवित बनाउँछ
अनि म फेरि अँध्यारोमा
तिम्रो उपस्थितिको गन्ध समात्दै हिड्छु
यतिबेला त मृत्युले पनि आत्मासमर्पण गर्छ
एउटा प्रेमको तरंगले काँप्छ त्यो
एउटा दिव्य ज्योति
जो दुई आत्माको टकरावबाट सृजित हुन्छ एउटा उज्यालो
त्यस्ले मृत्युलाई भस्म बनाउँछ
र सायद हामी पनि
केवल नयाँ रूप, नयाँ नाम, तर एउटै तृष्णा बोकेर फर्किन्छौँ

























