काखे पत्रकारिता र सल्फी रिपोर्टिङ

निम्बतरु

काखे पत्रकारिता
यस्लाई गोदभराई वा गोदी मिडिया भन्दछन्
ल्याप डग भनेको पनि सुनिन्छ
काखमा जिब्रोभरि र्याल निकालेर बसेका ‘ल्याप डग’ डरलाग्दो मुद्रामा खाइरहेछ देश
पत्रकारिता ‘वाचडग’ नभएर ‘ल्याप डग’ भएको छ
कहिले पक्षको काखमा बस्ने,
कहिले प्रतिपक्षको काखमा सुत्ने,
कहिले विज्ञापनदाताहरुको काखमा निदाउने त
कहिले देशी–विदेशी डोनरहरुको गोजीमा आराम गर्ने खाले
यो त सरासर
आम नागरिकमाथिको आक्रमण हो
उनीहरुलाई देख्दा अरु नडराए पनि
शक्ति विहीन सर्वसाधारण नागरिक भने डराउँछन् नै
शक्ति हुनेहरुलाई थाहा छ,
मिडियालाई भोजन गराएर काखमा राख्न,
तर शक्तिहीन वा स्रोत–साधन नभएका व्यक्तिले
कसरी भोजन गराउँछ बरा !

केवल आरती उतारिरहेका छन्
भगवानको आरतीमा हे प्रभु, मेरो पुकार सुनिदेऊ,
म दुःखीको कष्ट हर भन्ने शैली अपनाइन्छ@
तर शक्तिको ओछ्यानबाट
काखे पत्रकारितामा
जस्ले कलो दिन्छ उस्को पछि लाग्छ

स्वतन्त्र मिडिया जनताको समस्याको आइना हो
तर गोदी मिडिया रङ्गरोगन मात्र हो,
जसले सत्ताको मुखमा पाउडर लगाइदिन्छ
डोरीमा बाँधिएको कठपुतली
बिरालोको घाँटीको घण्टी
दलाली गर्ने बिचौलिया
भट्टीको गन्ध लुकाएर फूलको सुवास बेच्ने व्यापारी जस्तो
बाहिर चमकिलो देखिने तर भित्र विषालु

तर हो हुन त
जहाँ प्रश्न छैन, त्यहाँ चेतना मर्छ;
जहाँ आलोचना छैन, त्यहाँ स्वतन्त्रता हराउँछ
तर
जसरी पिञ्जरामा राखिएको चरालाई उडेको भ्रम देखाइन्छ तर पखेटा काटिएको हुन्छ
प्रश्नको मृत्यु र चाटुकारिताको जन्म
प्रश्नको मृत्युपछि जन्मिएको भ्रमको साम्राज्य ।

अझ अचेल यस्तो आतंक छ
सेल्फी रिपोर्टिङ वा सेल्फी जर्नालिज्म
यो अर्को आतंकको नाम हो
अम्बुश वा पलकझपट पत्रकारिता
हेर्नू त सडकमा
शक पत्रकारिता
जस्ले लुछ्न र चिथोर्न आइपुग्छ अकस्मात
कायल र घायल नागरिक माथि
हा हा हा त्यो टिकटिके
ओहो-आहा रिपोर्टिङ
भाइरल र व्याक्टेरियल
चटपटे र डल्ले मिडिया
लाइभ बकैती
हाय रे हाय मेरो देश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

- Advertisement -spot_img
-Advertisement-spot_img