महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

काठमाण्डौ – कम्तीमा पनि एक सय जना महिलालाई रोजगारी दिएर निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा प्रदान गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधारदरमा बढीमा एक प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर कायम गर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै, जेनजी पुस्ताका प्रदर्शनका क्रममा भएका असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब भक्तालगायतका सुविधाका लागि आधार दरमा बढीमा ०.५० प्रतिशत बिन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तो कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, उक्त अवधिसम्मका लागि प्रवाह गर्नुपर्नेछ । यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा ६ महिनाका लागि दुई प्रतिशत ब्याजदर सरकारबाट अनुदानमा प्राप्त हुनेछ । त्यस्तो कर्जाका लागि रोजगारदाता संस्थाले आउँदो पुस मसान्तभित्रमा आवेदन दिनुपर्नेछ ।

जेनजी प्रदर्शनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यवसायिक प्रतिष्ठानमा व्यवसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशत कायम गर्न सकिने व्यवस्था गरिएको केन्द्रीय बैंकको एकीकृत निर्देशनमा उल्लेख छ ।स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा क्रिकेट प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन

धन्चौरमा हुने क्रिकेट प्रतियोगिता आज उद्घाटन हुँदै, नगर प्रमुख थापाले उद्घाटन गर्ने

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो धन्चौर क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी

अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष के.सी.को दाबी

मध्यपूर्वमा तनाव थप चर्कियो

- Advertisement -spot_img
-Advertisement-spot_img