मधेस प्रदेशमा सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता लियो

काठमाण्डौ – नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनकपुरमा आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर अर्को सरकार गठनको पहल थाल्ने निर्णय गरेको कांग्रेसको मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।

गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गर्नुभएको थियो । तर पछि राजीनामा दिन अस्वीकार गरेपछि मुख्यमन्त्री सिंहको दल जनमतले मुख्यमन्त्रीसहित दुई जना मन्त्रीलाई फिर्ता बोलाएको थियो । जनमतले समर्थन फिर्ता लिएको पत्र मधेश प्रदेश सभामा भदौ ३१ गते नै बुझाइसकेको छ ।

समर्थन कायमै राखेको कांग्रेसले पनि आज समर्थन फिर्ता लिएको हो । नेकपा एमालेले सिंहलाई विश्वासकाे मत दिने बताइसकेको छ । १ सय ७ सदस्यीय मधेश प्रदेशमा सबैभन्दा ठूलो दल एमालेको २३ सिट छ । दोस्रो कांग्रेसको २२, तेस्रो जसपाको १६ र चौथो जनमतको १३ सिट छ । १० वटा दलको प्रतिनिधित्व रहेको मधेशमा ६ जना स्वतन्त्र सांसद छन् ।

अब मधेशमा नयाँ सरकार बनाउने क्रममा राजनीतिक किचलो देखिने सम्भावना धेरै रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img