नागरिकता


निम्बतरु


भावनामा मात्र टप्किन्छु र बग्छु
प्रशस्त संविधानका धाराहरु छन्
टुटी खोल्योकि थोप्पो चुहिदैन
प्राय:धाराहरु निष्क्रिय छन्
तेह्र-लाख मानिसहरु व्याकुल छन्
नागरिकता – विहिन

म र म लगायत भावनामा उर्लिन्छौं
प्रशस्त संविधानका धाराहरु छन्
उपधाराहरु छन्
ढुङ्गेधारा जस्तै
तर खोल्यो कि टुटी
पानी आउदैन
साधारण कुरो
सिमकार्ड मिल्दैन
जागिर त ठूलो कुरो हो
राज्यबाट सामान्य सुविधा पनि लिन मिल्द‌ैन
जब नागरिकता छैन
रासनकार्ड मिल्दैन
जब परिचय पत्र मिल्दैन
बाहिर जाने अनुमति मिल्द‌ैन
मृत्यु दर्ता हुदैन
अरु त अरु स्कुलमा भर्ना मिल्दैन
मिलिहाले प्रमाणपत्र मिल्दैन
आफ्नै आमाको कोखमा लावारिस ?
आफ्नै आँगनमा बेबारिस ?
रङ्गभेद ?

मेरो भावनामा बाढी नै आउँछ
तेह्र-लाख मानिसको योगदान ?
उनीहरुको पसिना ?
खै!राष्ट्रियता ?
यस्तो सोचेर मैले रक्सी पिएँ भने के हुन्छ?
अब के हुन्छ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै