विश्व अल्जाइमर दिवस मनाइँदै

काठमाण्डौ – आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाउने गरिन्छ । ‘अल्जाइमरबारे सोधौं र डिमेन्सियाबारे सोधौंं’ भन्ने नाराका साथ  विश्व अल्जाइमर दिवस नेपालमा पनि मनाइँदैछ ।

अल्जाइमर मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको बिर्सने समस्या हो । नेपालमा ५० वर्ष मूनीकामा पनि तनाव र डिप्रेशन लगायतका बिभिन्न कारणले डिमेन्सिया देखिन थालेको अध्ययनहरुले देखाएका छन्। मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुँदै जान्छ । यो प्रक्रियालाई डिमेन्सिया भनिन्छ ।

यसरी मस्तिष्कका कोशहरू नष्ट हुँदै गएपछि व्यक्तिले केहीबेर अगाडि गरेकै कुराहरू बिर्सन थाल्छ । यो बिर्सने क्रम बढ्दै गएपछि अल्जाइमर हुने डिमेन्सिया विशेषज्ञ प्राध्यापक डा. निदेश सापकोटाले जानकारी दिनुभएको छ ।

यो रोगको बारेमा न्यूरोपेथोलोजिष्ट अलोइस् अल्जाइमरले सन् १९०५ मा पत्ता लगाउनुभएको थियो ।यो बिर्सिने रोग अर्थात् विस्मृति रोगलाई उहाँकै नाममा ‘अल्जाइमर रोग’ भन्न थालिएको हो ।अल्जाइमर र डिमेन्सिया भएकाको सरकारी तथा अर्धसरकारी अस्पतालमा निःशुल्क उपचार हुन्छ । सरकारले यो समस्या भएकालाई दुई लाख रुपैयाँसम्मको उपचार खर्च दिने गरेको छ ।

नेपालमा तीन लाख मानिसमा अल्जाइमर अर्थात् बिर्सने रोग हुनसक्ने अनुमान गरिएको छ ।अल्जाइमर निको नहुने रोग भए पनि यसको असरलाई कम गर्न सकिने डाक्टरहरु बताउँछन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार अहिले विश्वमा पाँच करोड ५० लाख व्यक्तिहरू डिमेन्सियाबाट पीडित रहेका छन् भने हरेक वर्ष एक करोड नयाँ बिमारीहरू थपिँदै गएका छन् ।स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै