
निम्बतरु उर्दि होस् पचास कोर्रा,
अपजस्याहा ग्रह नी
यो मान्छे जस्तो बनेन कदापि,
साला पहाडमा कोदैकोदो,
अाँगन टेढो।
त्यति दुर्लभ भैसक्यो मान्छे ?
´यती `शहरमा पसेको छ मान्छेको खोजीमा,
गाउँमा पसेको छ वानर हुल मान्छेकै खोजीमा,
यति लोपोन्मुख भैसक्यो मान्छे ?
भन्थे मान्छेको एक दुई पैतालाको डोब भेटियो,
अस्थि भेटियो,
यी सब हल्ला,
यो युगमा मान्छे भेट्न मुश्किल छ,
अझ यहाँ?
यहाँ त झन् मुश्किल छ।

























