जेनजिको प्रदर्शनमा बर्बर दमन भएको भन्दै सरकारको चौतर्फी विरोध

काठमाण्डौ – जेनजी भनिने नवयुवापुस्ताले हिजो गरेको प्रदर्शनमा राज्यले बर्बर दमन गरेको भन्दै चौतर्फी विरोध भएको छ । राजनीतिक दल तथा नागरिक समाजले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । हिजोको घटनापछि सरकारले नैतिक र वैधानिक अधिकार गुमाइसकेको विपक्षी दलहरुले जनाएका छन् ।

हिजोको प्रदर्शनमा काठमाण्डौमा १७ र सुनसरीमा दुई गरी १९ जनाको ज्यान गएको छ । चार सयभन्दा धेरै घाइतेको उपचार भैरहेको छ । झडपमा ७१ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते भएकाको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आठ, सिभिल अस्पतालमा तीन, एभरेस्ट अस्पतालमा तीन, केएमसी अस्पतालमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जनाको ज्यान गएको छ ।

त्यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुई जनाको ज्यान गएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको ज्यान गएकोमा अहिलेलसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाण्डौ कीर्तिपुरका बुद्धि तामाङ, काठमाण्डौ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो ।

यस्तै इटहरीमा ज्यान गुमाएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ । इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । अर्का एक युवकको पहिचान खुल्न बाँकी छ । प्रहरीका अनुसार सिभिल, वीर, ट्रमा, एभरेस्ट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका अस्पतालमा चार सयभन्दा धेरै घाइतेको उपचार भइरहेको छ । सरकारले जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने जनाएको छ ।स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img