२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पहिलो लुम्बिनी सांगीतिक महोत्सव २०२५ दक्षिण कोरियामा हुने

हृदय भुसाल अर्घाखाँची । दक्षिण कोरियामा कार्यरत नेपालीहरुले आगामी अक्टोबर ६, २०२५ (सोमबार) का दिन प्रथम लुम्बिनी सांगीतिक महोत्सव–२०२५ भव्य रुपमा आयोजना गरिएको छ । राजधानी सिओलस्थित खनगुक विश्वविद्यालय (건국대학교) को मुख्य सभाहल मा (Millennium Hall) मा महोत्सव हुने कार्यक्रम तय भएको छ।

लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको मुख्य आयोजनामा हुन लागेको यो महोत्सव कोरियाली महान् पर्व चुसकको अवसर पारेर आयोजना गर्न लागिएको हो। साथै, महोत्सवमार्फत “आपतकालीन राहत कोष” स्थापना गरिने कार्यक्रम आयोजक समिति लुम्बिनी प्रदेश अध्यक्ष  हिमाल खनालले बताउनु भयो ।

“पवित्र लुम्बिनी, बुद्धको जन्मस्थान, शान्ति, सद्भाव र सदाचार हाम्रो पहिचान” भन्ने मूल नाराका साथ हुने यो महोत्सवले नेपाली कला, संस्कृति र संगीतलाई प्रवर्द्धन गर्नुका साथै नेपाल–कोरिया मित्रता सुदृढ पार्ने उद्देश्य लिएको प्रदेश उपाध्यक्ष एबम कार्यक्रम संयोजक नारायण न्यौपानेले बताउनु  भएको छ।

कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछ भने, सहभागीहरुबाट संकलित सहयोग रकम आपतकालीन अवस्थामा सहयोगार्थ प्रयोग गरिने आयोजक टिमका सदस्य एबम अर्घाखाँची समाज दक्षिण कोरियाका अध्यक्ष रुद्र पौडेलले जानकारी दिनुभएको छ । अध्यक्ष रुद्र पौडेलले दिएको जानकारी अनुसार कार्यक्रम भब्य रुपमा गर्ने तयारी भैईरहेको बताउनु भयो ।

महोत्सवलाई नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण लुम्बिनी प्रदेश समितिको आयोजना  तथा विभिन्न प्रदेश/क्षेत्रीय संघ–संस्था, संघ–संगठनहरूको सहकार्य र सहआयोजनामा सम्पन्न गर्न लागिएको हो ।

आयोजकका अनुसार, सांस्कृतिक कार्यक्रमसँगै कोरियामा कार्यरत नेपालीबीच आपसी एकता, सहयोग र सांस्कृतिक सम्पर्क मजबुत बनाउन महोत्सव महत्वपूर्ण थलो बन्ने अपेक्षा गरिएको कोरियामा रहनु भएका श्रीजनशिल ब्यक्तीत्व प्रकाश पौडेलले बताउनु भयो । यो पहिलो महोत्सव भब्य रुपमा गर्नका लागी विशेष योजनाका साथ कोरियामा रहेका नेपालीहरु लागीरहेको लक्ष्मण गैरेले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै