हृदय भुसाल अर्घाखाँची। भुमिकास्थान नगरपालिका–१०, धन्चौर तल्ला पाकुमा जन जागरण सामूहिक युवा क्लब को आयोजनामा खुल्ला वडा स्तरीय जुनियर भलिबल प्रतियोगिता हुने भएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित हुन लागेको प्रतियोगितामा सम्पूर्ण खेलाडी तथा खेलप्रेमीहरूलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ। प्रतियोगिता आगामी भदौ ७ गते हुने आयोजक क्लबका आयुस नेपाली जानकारी दिनु भएको छ ।
यस प्रतियोगितामा पहिलो हुने टिमलाई रु. १०,००० नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु. ६,००० नगद,मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टिमलाई रु. ४,००० नगद,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका निरज भुसालले बताउनु भयो ।
दर्ता शुल्क प्रति टिम रु. १६०० तोकिएको छ भने टिम दर्ता भदौ ३, ४, ५ गतेसम्म दर्ता गर्न सकिने बताइएको छ। प्रतियोगिता निष्पक्ष र अनुशासित बनाउन विशेष नियय समेत लागू गरिने आयोजक समितिले जनाएको छ। उक्त भलिबल प्रतियोगितालाई भब्य रुपमा सफल पार्न सबैको सहयोग आबस्यक रहने हुँदा सबैले सहयोग गर्नु पर्ने र आफुले पनि सहयोग गर्ने शिशिर गैरेले बताउनु भयो । उक्त भलिबल प्रतियोगिता पोल सिस्टममा हुने,नकाउट सिस्टममा खेलाईने,खेलाडीको संख्या प्रशिक्षक एक जना सहित जम्मा ९ जना मात्र हुनु पर्ने,खाना बस्नको ब्यबस्था खेलाडी आफैले गर्नुपर्ने,खेलाडी संख्या नपुगेको खण्डमा एकजना सिनियर खेलाडी राख्न सकिने, खेलमा कुनै विवाद आए रेप्फ्री, र आयोजकहरुको निर्णय नै अन्तिम हुने लगायतका खेलका नियमहरु राखिएको आयोजकले जनाएको छ ।
आयोजक जन जागरण सामूहिक युवा क्लब का अनुसार भलिबल प्रतियोगिताबाट युवा तथा स्थानीय बासीबीच आपसी एकता, खेलकुदको बिकास, खेलाडीको प्रतिभा पहिचान र स्वास्थ्य जिबनका लागी समेत प्रवर्द्धन हुने विश्वास लिइएको छ। प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरु तपशिलको नाम नम्बरमा सम्पर्क गर्न समेत आयोजकले आग्रह गरेको छ । आयुस नेपाली :९७६६६४०४८०. निरज भुसाल :९७६६२८४६३१.

























