चोर बजार

निम्बतरु

खोल ब्रान्डेड,माल मृत्यु बराबर
बाहिर सुवास, भित्र नक्कली माल कहिलेकाहीँ त सिधा बिष
राजनीति पर्खालमा परिवर्तन, भित्ताभित्र पुरानै भूत
समाज संस्कारको नाममा हिंसा र भेदभाव
प्लास्टिकको फूलझैं देखिने दुनियाँ,
सुन्दरतामा साँचो गन्ध हराएको छ
आजका धर्मगुरुहरू त क्रेडिट कार्डमा स्वर्ग बेच्न थालेका छन्
आजभोलिको अनुहार
धोएपछि मात्र थाहा लाग्छ के-कस्तो हो

प्रेममा त हिराको स्टीकर हुन्छ
भरोसा ना`को बराबर
आजकल सत्यले खोल पाउँदैन, र झूटले लेबल पाउँछ
आकर्षक सजावटको प्रलोभनमा
रोचक बनावट देखाएर
नक्कली आकर्षण फूलको सौन्दर्य देखाएर जो घात गर्छन

कोइलीले आफ्नो मासुम र नादान अण्डा
अर्काको गुँडमा कोरल्न बाध्य पारे झैं
आजभोलि राजनीतिले
बेइमानी कोरलीरहेछ कंगारु मायाजालमा

अझ फेक इन्जुरी बेहेभिएर देखाएर
उस् !
असली ध्यान भड्काएर आफ्नो हासिल गर्छ
आजको व्यापारी

बाहिरी मोहकता
कताको यथार्थ हुनु !
जहाँ सबै सुन्दरता निर्दोष हुदैन
आजको रंगीनता ,मुस्कान र सेवा पनि निर्दोष छैनन् ।
आजको युगमा बाँच्न
एउटा घाउ निको पार्न अर्को सहनै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img